alliance khabar

बुधबार, भाद्र ०५, २०८१

तम्घास, भदौ ५ गते ।

गुल्मीमा बाँदरले हैरान बनाएपछि हेरालुको व्यवस्था गरिएको छ । बारीमा लगाएको मकै खेती जोगाउन कृषकलाई मुस्किल भएपछि रेसुङ्गा नगरपालिकाले खेती जोगाउन हेरालुको व्यवस्था गरेको हो ।

स्थानीय शान्ता मरासिनीले आफूहरूले दुःखसुख गरी लगाएको मकै बाली बाँदरबाट जोगाउन साह्रै समस्या भएको बताउनुभयो । एकाबिहानै बारीमा बाँदर आउने र धपाउन जाँदा उल्टै आफैँलाई झम्टन्छ कि जस्तो गर्ने गरेकाले मकै त के ज्यानै जोगाउन मुस्किल हुने गरेको उहाँको भनाइ छ । अब त गयो भनेर घरमा आउन नपाउँदै बारीमा आएर मकै खाइदिने गरेको उहाँको दुःखेसो छ ।

अहिले बारीमा भएको मकै बाँदरले खाने गरेको र दुःखसुख घरमा ल्याए पनि पछि घरमै आएर मकै निकालेर बाँदरले खाने गरेको सोही वडाकी स्थानीय सीता मरासिनीले बताउनुभयो । घरमा ल्याएर राखेको मकै पनि नजोगिने अवस्था रहेको उहाँको भनाइ छ ।

वडा नम्बर ७ का वडाध्यक्ष रामजी पन्थीले मकै खेती जोगाउन बाँदर हेरालुको व्यवस्था वडा कार्यालयले गरेको जानकारी दिनुभयो । वडाभित्रका विभिन्न टोलमा गरी २५ जना बाँदर हेरालुको व्यवस्था गरिएको उहाँको भनाइ छ । एक लाख ५० हजार रुपियाँको बजेटबाट उहाँलाई व्यवस्थापन गरिएको पन्थीले बताउनुभयो ।

रेसुङ्गा नगरपालिका–९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेका अनुसार दुई जनालाई बाँदर धपाउन वडा कार्यालयले व्यवस्था गरेको बताउनुभयो । मकै खेती नपाकुन्जेलसम्मका लागि उहाँलाई एकमुस्ट २०/२० हजार दिने गरी बाँदर धपाउने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

कृषकले लगाएको मकै खेती पाकेर घरमा ल्याउने समयसम्म उहाँले बाँदर धपाउन पर्ने छ । उहाँले मात्र बाँदर धपाउन नसकेमा स्थानीयको सहयोग लिएर बाँदर धपाउने गरी व्यवस्था गरिएको पाण्डेले बताउनुभयो । टोल विकास संस्थाका अध्यक्ष डिल्लीराज मरासिनीको समन्वयमा बाँदर धपाउने काम हुने र भुक्तानी पनि उहाँमार्फत नै हुने गरी व्यवस्था गरिएको पाण्डेले बताउनुभयो ।

टोल विकास संस्थाका अध्यक्ष मरासिनी आफैँ गुलेली लिएर बाँदर धपाउन दिनभर खटिँदै आउनुभएको छ । मकै खेती जोगाउन दुई जना हेरालुले मात्रै सम्भव नहुने भएकाले उहाँको साथमा आफू पनि खटिँदै आएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल