alliance khabar

आइतबार, भाद्र ०२, २०८१

खजुरा, भदौ २ गते ।

राप्तीसोनारी गाउँपालिका–६, सिधनवास्थित सिद्धेश्वर माध्यमिक विद्यालयमा निम्न माध्यमिक विद्यालय तहका अङ्ग्रेजी विषयका शिक्षक गणेश खड्का हरेक शुक्रबार विद्यार्थीको अभिभावकका घरमा पुग्नुहुन्छ ।

शिक्षक खड्का यसरी हरेक शुक्रबार अभिभावकको घरमा पुग्न थाल्नुभएको एक वर्षभन्दा बढी भइसक्यो । खड्काले गत वर्षको वैशाख १८ गतेबाट ‘हप्तामा एक दिन अभिभावकसँग’ भन्ने अभियान नै सञ्चालन गरेर हरेक हप्ताको शुक्रबार अभिभावकको घरमा पुगेर भेटघाट सुरु गरेको बताउनुहुन्छ ।

खड्काले भन्नुभयो, “सामुदायिक विद्यालय भन्नेबित्तिकै त्यसै पनि गरिब, असहाय तथा निम्न वर्गका अभिभावकका विद्यार्थीले पढ्ने विद्यालय भनेर भन्ने गरिन्छ, सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरलगायतका विषयमा पनि धेरै पटक बहस हुने गर्दछ । तसर्थ यी विषयलाई दृष्टिगत गर्दै विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि, शिक्षक, अभिभावक र विद्यार्थीबिचको सम्बन्धलाई पारिवारिक र सुमधुर बनाउनु पर्छ भनेर यस्तो योजना बनाएँ ।”

खड्काले गत वर्ष वैशाख महिनाको १८ गतेबाट सञ्चालन गर्नुभएको ‘हप्तामा एक दिन अभिभावकसँग’ अभियान अन्तर्गत गत शैक्षिक सत्रमा ४२ वटा शुक्रबार अभिभावकसँग भेटघाट र छलफल गर्नुभयो । यो शैक्षिक सत्रको गएको शुक्रबार १८ औँ शृङ्खला पुग्यो ।

धेरै विद्यार्थी विद्यालयमा अनुपस्थित हुने गरेका कारण र अभिभावकसँग सहकार्य गरी विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उद्देश्यका साथ समस्या पहिचान गरी समाधान गर्नका लागि यो अभियान अत्यन्तै महìवपूर्ण रहेको उहाँको भनाइ छ । विद्यालय र अभिभावकबिचको सम्बन्ध सुधार हुने, विद्यार्थीको पढाइमा रुचि जगाउने, विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि परामर्श गर्दै अभिभावकको सल्लाह र सुझाव सङ्कलन गरी सोही अनुसार योजना बनाएर अगाडि बढिरहेको खड्काले बताउनुभयो । अभियानले शिक्षक, अभिभावक र विद्यार्थीबिचको सम्बन्ध सुमधुर बनाउने, पारिवारिक सम्बन्ध स्थापना हुने, विद्यार्थीको कक्षामा हुने अनियमित अनुपस्थितिलाई न्यूनीकरण गर्ने र विद्यार्थीको पढाइ र पारिवारिक अवस्थासमेत जानकारी प्राप्त हुने गरेको उहाँले बताउनुभयो ।

यस वर्ष दलित, जनजाति, टुहुरा, शारीरिक अशक्तता भएका, द्वन्द्वपीडित विद्यार्थीका अभिभावकलाई भेटघाट गरिरहेको शिक्षक खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो शैक्षिक सत्रमा दलित, जनजाति, टुहुरा, शारीरिक अशक्तता भएका, द्वन्द्वपीडित विद्यार्थीका अभिभावकलाई भेट्ने योजना अनुसार उहाँहरूका घर घरमा पुगिरहेको छु, धरै जसो विद्यार्थी यिनै समुदायबाट अनुपस्थित हुने गरेका छन् ।”

अभिभावकको घरमा पुगेर छलफल गर्दा अभिभावक, विद्यार्थी, विद्यालय तथा शिक्षक कहाँ कसको समस्या छ भन्ने पहिचान हुने र समाधान गरी अगाडि बढ्न सजिलो हुने गरेको उहाँले बताउनुभयो । अभियान सञ्चालन गर्दा केही समय एक्लै हिँडे पनि पछिल्ला दिनमा भने अन्य शिक्षकले पनि साथ दिएको उहाँले बताउनुभयो । विद्यालयका प्रधानाध्यापक ओमप्रकाश पुनले शिक्षक खड्काले सुरु गरेको यो अभियानले अत्यन्तै सकारात्मक काम हुन सकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल