alliance khabar

शनिबार, आषाढ २९, २०८१

नारायणगढ असार २९ गते ।

त्रिशूली नदीमा यात्रु सहित बेपत्ता भएका दुवै बसको खोजी कार्य आज पनि जारी रहेको छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली सहित नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको दोस्रो पनि खोजी कार्य जारी राखेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालले बसको लोकेसन अनुमान गर्न सकिने बताउनुभयो । “हिजो (शुक्रवार) साँझ रातिमा रोकिएको उद्धारको काम आज (शनिवार) बिहानैबाट सुरु हुँदै छ । वीरगन्जबाट आएको एन्जल गाडीको पर्दा र दश वर्ष भन्दा सानो बालकले लगाउने ट्याग सुट भेटिएकाले सो बसको लोकेसन त्यही हो की भन्ने अनुमान गर्न सकिन्छ । आज यसको प्रमाणिकरण हुने छ”, उहाँले भन्नुभयो ।

गाडीको पर्दा र ट्याग सुट सहितका यात्रुका केही समान छरपस्ट रूपमा शुक्रवार नै त्रिशूली किनारमा भेटिएका थिए । गोताखोर टोलीले पानी भित्र र बाहिर खोज कार्य जारी राखेको छ । हराएका बस र यात्रुको खोजेकालागि आवश्यक जस्तो सुकै अत्याधुनिक उपकरणहरू पनि आवश्यकता अनुसार प्रयोगमा ल्याउने रणनीति जिल्ला सुरक्षा समितिले लिएको छ ।

“खोजी कार्यमा हामी कुनै कुराको अभाव हुन दिँदैनौ”, प्रनाउ रिमालले भन्नुभयो । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमल तालमा शुक्रवार बिहान पहिरो जाँदा ६२ जना यात्रु सहित दुई वटा यात्रु वाहक बस त्रिशूलीमा हराइ रहेको हो । पहिरोसँगै झरेको ढुङ्गा तेस्रो बसमा पर्दा एक चालकको मृत्यु भएको छ । त्रिशुलीमा हराई रहेका बसका तीन यात्रु भने पौडिएर बाहिर निस्किएका थिए । काठमाडौँबाट गौर जान नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ००१ख २४९५ नम्बरको गणपति डिलक्स बस र बिरगंञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेशको ०३—००६ख— १५१६ नम्बरको एन्जल्स डिलर्स बस त्रिसूलीमा खसेको हो ।

गौर काठमाडाैँको बसमा ४१ जना र वीरगन्ज काठमाडाैँको बसमा २४ जना सवार थिए । सवार मध्ये तीन जना नदीमा पौडिएर निस्किए पनि अन्यको अवस्था अहिले सम्म अज्ञात रहेको प्रहरीले छ । नदीमा पौडी खेलेर बाच्न सफल भएका रौतहटका नन्दन दास, रौतहट गरुडा — ९ जुगेश्वर राययादव र रौतहट सरोज गुप्ता रहेका छन् ।

अहिले नदीमा बेपत्ता भएकाका परिवार पनि नदीमा खोजी कार्यका लागि सुरक्षाकर्मीहरूलाई सहयोग गरी रहेका छन् । कतिपय वेपत्ताका परिवार अहिले घटना स्थलमा आई पुगेका छन् । दुर्घटनामा परेर पनि बाच्न सफल भएका यात्रु नन्दन दास बसमा आफ्ना अन्य परिवार पनि रहेका बताउनुहुन्छ ।

“ बस पल्टिएर वल्टन खाँदै खादै त्रिशूलीमा खसेको हो । दुर्घटनामा म त भाग्यले बचे अरूलाई बचाउन सकिएन”, उहाँले भन्नुभयो ।

नदीमा पौडिएरै बाच्न सफल जुगेश्वर राययादव पनि अहिले उद्धार कार्यमै भेटिनुभयो । सामान्य घाइते अवस्थामा उपचार पछि उहाँ आफ्ना हराइ रहेका परिवारको खोजीमा आउनु भएको हो ।

“जेठी छोरी, नातिनी, नाति, छोरा हराइ रहेका छन् । हामी छ दिन अघि उपचार गराउन काठमाडौँ आएका थियौँ”, उहाँले भन्नुभयो ।

दुई वर्षमा ११ सवारी साधन पहिरोमा पुरियो

नारायणगढ मुग्लिङ सडकमा पहिरोको जोखिम यो पहिलो हैन । यस अघि पनि पटक पटक पहिरोले समस्या पारि रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका हवलदार घनश्याम चौधरीका अनुसार नारायणगढ मुग्लिङ सडकमा विगत दुई वर्षमा पहिरामा परी ११ वटा सवारी साधनमा क्षति पुगेको छ । दुई वर्षको अवधिमा शुक्रवार भएको घटना सहित नदीमा सवारी साधन पहिरोमा पुरिएर एकको मृत्यु, ६२ जना बेपत्ता र ६ जना घाइते भएको तथ्याङ्क ट्राफिक प्रहरी कार्यालयमा छ ।

यस्तै दुई वर्षकै अवधिमा यस अघि ७ सवारी साधन त्रिशूलीमा नदीमा खस्दा ७ जनाको मृत्यु भएको तथ्याङ्क पनि ट्राफिक प्रहरीसँग छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल