काठमाडौं : आज नेपाली बजारमा सुनचाँदीको मूल्यमावृद्धि भएको छ। आज सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बढेको हो।
आइतबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
पाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज प्रतितोला चाँदीको मूल्य २० रुपैयाँ बढेको छ। शुक्रबार १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार ८९० रुपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस सुन २ हजार ३६२ दशमलव ६४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी ३० डलर ५५ पैसामा कारोबार भइरहेको छ।