alliance khabar

मंगलबार, आषाढ १८, २०८१

काठमाडौँ, असार १८ गते ।

समाजको विकास, स्थायित्व र रूपान्तरणका लागि ‘संवाद’ महत्वपूर्ण औजार रहेको एक कार्यक्रमका सहभागीले बताउनुभएको छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको नेपाल तथा दक्षिण एसियाली अध्ययन केन्द्र (सिनास) ले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँहरूले यस्तो बताउनुभएको हो ।

‘संवाद एज अ डायलजिकल एप्रोच : अ पिस बिल्डिङ पर्स्पेक्टिभ’ नाम दिइएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका अतिथि प्राध्यापक डा. कौशिकीले नेपाल मात्रै नभएर दक्षिण एसियाली मुलुक मौलिकता, भाषा, दर्शन र सभ्यताको मूल स्रोत समाज विकासका लागि संवाद शक्तिशाली औजार रहेको उल्लेख गर्दै उहाँले शान्ति प्रक्रियाको निरन्तरताका लागि पनि संवाद महत्वपूर्ण रहेको बताउनुभयो ।

पश्चिमी मुलुकमा द्वन्द्व र अशान्ति भयो भने मात्रै संवाद हुने गरेको भए पनि नेपाल तथा एसियाली मुलुकको दर्शन, सिद्धान्त, पद्धतिमा संवाद मिसिने गरेको कार्यक्रमका सहभागीले बताउनुभएको थियो । कार्यक्रममा सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र कार्कीले समाजसँग जोडिएका हरेक पक्षमा संवाद महत्वपूर्ण आवश्यक रहेको बताउनुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा सिनाससँग भएको सम्झौताबमोजिम आइतबारको ‘पब्लिक स्पिकिङ’ कार्यक्रमको आयोजना गरिएको हो । सोही सम्झौताबमोजिम कौशिकीले विगत एक वर्षदेखि त्रिविमा द्वन्द्व, विकास र शान्तिसम्बन्धी विषयको प्राध्यापन गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल