Alliancekhabar

आइतबार, बैशाख २३, २०८१

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्याङ्क कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो । कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ ।

यसैगरी, नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर यसअघि एक दशमलव ३५ प्रतिशत रहेकामा अहिले घटेर शून्य दशमलव ९२ प्रतिशतमा झरेको छ । तथ्याङ्क कार्यालयका अनुसार अहिले सबैभन्दा बढी लुम्बिनी प्रदेशमा एक दशमलव २४ प्रतिशत र गण्डकी प्रदेशमा सबैभन्दा कम शून्य दशमलव २५ जनसङ्ख्या वृद्धिदर रहेको छ ।

पछिल्लो जनगणनाअनुसार नेपालमा एकल परिवार ६० दशमलव एक प्रतिशत र संयुक्त परिवार ३९ दशमलव नौ प्रतिशत रहेको छ । बसाइँसराइ दर सबैभन्दा बढी गण्डकी प्रदेशमा प्रतिलाखमा चार हजार २७ र सबैभन्दा कम बाग्मतीमा ५४ रहेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेलले आज यहाँ विषयगत प्रतिवेदनसहितको दुई पुस्तक सार्वजनिक गर्दै चार सयभन्दा बढी जनसाङ्ख्यिक सूचक समेटेर तयार गरिएको पुस्तक नीतिनिर्माता, अनुसन्धानकर्ता, पत्रकारलगायत आमपाठकलाई उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले राष्ट्रिय जनगणना २०७८ को विस्तृत विवरण सार्वजनिक गर्नेक्रममा आगामी आठ महिनाभित्र १६ वटा विषयगत प्रतिवेदन तयार गरी बाहिर ल्याउन लागेको जानकारी दिनुभयो ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ । हरेक १० वर्षमा जनगणना गर्ने व्यवस्था भएबमोजिम यसअघि २०६८ सालमा लिएकोे जनगणनाअनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल