Alliancekhabar

आइतबार, चैत्र ११, २०८०

चितवन, ११ चैतः नेपाली कांग्रेस स्वास्थ्य विभागले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा एक हजार पाँच सय ८० जनाले स्वास्थ्य परीक्षण गराएका छन् । कालिका नगरपालिका–६ मा शुक्रबार र शनिबार सञ्चालित शिविरमा सात सय ७० महिला र सात सय १० पुरुषको स्वास्थ्य परीक्षण गरिएको हो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार शिविरमा दुई सय ९८ जनाले भिडियो एक्स–रे सेवा, दुई सय ५३ जनाले इसिजी सेवा, ९५ जनाले भिआइए सेवा लिएका छन् । त्यसैगरी पाँच सय ७५ जनाले आँखाको परीक्षण गराएका छन् । तीमध्ये एक सय जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो । आठ सय जनाको मधुमेह तथा उच्च रक्तचापको परीक्षण गरिएको थियो ।

शिविरमा रु १० लाखबराबरको निःशुल्क औषधि पनि वितरण गरिएको छ । शिविरमा जनरल फिजिसियन, महिला तथा प्रसूति, आँखा जाँच, दन्तरोग, पाठेघरको मुखको परीक्षण, बालरोग, नशा, हाडजोर्नी, शल्यचिकित्सा, नाक, कान तथा घाँटी, मुटुरोग र छाला तथा यौनरोगसम्बन्धी सेवा प्रदान गरिएको थियोे ।

नेपाली कांग्रेस चितवनले पार्टीका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १४औँ स्मृति दिवसका अवसरमा समुदायमा कांग्रेस अभियानअन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको कार्यक्रमका संयोजक दिनेश अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल