alliance khabar

शनिबार, चैत्र ०३, २०८०

राँझा (बाँके), ३ चैत : नहरबाट सिँचाइ सुविधा हुन नसक्ने क्षेत्रमा सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना सुरु गर्ने भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुर, वडा नं ८ को बालापुर र वडा नं ९ को ढकेरीक्षेत्रमा परीक्षण परियोजनाको रुपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइको योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले जानकारी दिनुभयो ।

“सिक्टा सिँचाइ आयोजनाको नहरबाट सिँचाइ हुन नसकेका क्षेत्रमा किसानलाई लिफ्टिङ प्रविधिबाट नहरको पानी तानेर सिँचाइको सुविधा पु¥याउने काम सुरु भएको छ”, इञ्जिनियर पौडेलले भन्नुभयो, “लिफ्टिङ सिँचाइका लागि ढकेरी र बालापुरमा ठेक्का सम्झौता भई काम सुरु हुने चरणमा छ, कचनापुरको पूर्वी र पश्चिमी भागमा ठेक्का हुने क्रममा रहेको छ ।”

लिफ्टिङ सिँचाइ योजनाको कार्य गर्न सौर्य तथा विद्युत उर्जाबाट सिँचाइ प्रणाली जडानमा सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन भएको छ । उक्त बजेटबाट लिफ्टिङ सिँचाइ योजनाको काम सुरु भएको आयोजनाका सूचना अधिकारी पौडेलले बताउनुभयो ।

आफ्नै खेतबारीबाट सिक्टाको पश्चिमी मूल नहर सञ्चालन भए पनि राप्ती सोनारीको वडा नं २, ८ र ९ का खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । नहरको सतह गहिराई भएका कारण जमिनमा सिँचाइ हुन नसकेको राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारुले बताउनुभयो ।

“सिक्टा सिँचाइ आयोजनाले लिफ्टिङ सिँचाइको योजना ल्याएपछि किसानमा खुसियाली छाएको छ”, वडाध्यक्ष थारुले भन्नुभयो, “अब नहरमा बगेको पानी टुलुटुलु हेर्नुपर्ने अवस्थाको अब अन्त्य हुनेछ, किसानको खेतबारीमा सिक्टाको पानीले सिँचाइ हुने आशा जागेको छ ।”

राप्ती सोनारीको ढकेरी क्षेत्रमा १० थान लिफ्टिङ सिँचाइको योजना माग गरेकामा नमूनाको रुपमा एउटा योजना सञ्चालन हुन लागेको वडाध्यक्ष थारुले बताउनुभयो । योजना कार्यान्वयनका लागि राप्ती सोनारी–९ मा ढकेरी लिफ्ट जल उपभोक्ता संस्था स्थापना भएको छ । लिफ्टिङ सिँचाइको योजना सञ्चालन हुने भएपछि स्थानीयवासीसमेत उत्साहका साथ लागि परेको ढकेरी लिफ्ट जल उपभोक्ता संस्थाका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो ।

किसानलाई सहजरुपमा सिँचाइको सुविधा पु¥याउन विभिन्न योजना सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक देवराज निरौलाले बताउनुभयो । चालु आवमा लिफ्टिङ सिँचाइसँगै पूर्वी मूल नहरको बाँकी कार्य गर्ने ठेक्का व्यवस्थापनको तयारी, पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरुवा र गोहवा शाखा नहरको निर्माण कार्यको काम गरिने निर्देशक निरौलाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल