Alliancekhabar

शनिबार, चैत्र ०३, २०८०

जलेश्वर (महोत्तरी), ३ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना गर्नुभएको छ ।

विभिन्न कार्यक्रममा सहभागी हुन आज बिहान महोत्तरी आइपुग्नुभएका राष्ट्रपति पौडेलले केहीबेर अघि जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथको पूजा अर्चना गर्नुभएको हो ।

राष्ट्रपति पौडेललाई जलेश्वरनाथ महादेव मन्दिरका मुख्य पुजारी उपेन्द्र पाठकले बाबा जलेश्वरनाथको मूल गुफा (१६ भ¥याङमुनि) जलभित्र रहनुभएका जलेश्वरनाथ महादेवको विशेष पूजा अर्चना गराउनुभएको हो । उहाँले मन्दिर परिसरमा माता पार्वती र गणेशको पनि पूजाअर्चना गर्नुभएको थियो ।

यसअघि राष्ट्रपति पौडेलले आज बिहान महोत्तरीको पिपरामा लोकतान्त्रिक आन्दोलनका योद्वा स्वर्गीय रामनारायण मिश्रको शालिकमा माल्यार्पण गर्नुभएको थियोे ।

बाबा जलेश्वरनाथको पूजापश्चात् राष्ट्रपति पौडेल जलेश्वर नगरपालिका–५ चौरिया गाउँमा अवस्थित पूर्वखेलकुदमन्त्री स्व गणेश नेपालीको सालिक अनावरण कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल