alliance khabar

शनिबार, चैत्र ०३, २०८०

काठमाडौँ, ३ चैत : नेपालस्थित ‘द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपाल’को आयोजनामा बुधबारदेखि काठमाडौँमा ‘नेपाल युरोपियन युनियन चलचित्र महोत्सव’ आयोजना हुँदैछ । ‘युरोपियन युनियन–नेपाल सम्बन्धको पचास वर्ष ः सांस्कृतिक विविधताको उत्सव’ नारासँगै १३औँ संस्करणको उक्त महोत्सव यही चैत ७ देखि १० गतेसम्म हुन लागेको हो ।

“युरोपियन युनियन र नेपालको दौत्य सम्बन्धको ५० वर्ष मनाउन युरोपको विविधतापूर्ण संस्कृति, जीवनशैली र सिनेम्याटिक सिर्जनशीलता नेपाली दर्शकसँग आदानप्रदान गर्न पाउँदा म अत्यन्त हर्षित छु”, नेपालका लागि युरोपियन युनियनका उपप्रमुख डा जोएल इभोनेटले भन्नुभयो ।

मार्टिन म्याकडोनागले निर्देशन गर्नुभएको चलचित्र ‘द ब्यानशीस अफ इनीशेरीन’सँगै शान्ता नेपालीद्वारा निर्देशित चलचित्र ‘डाय ड्रिम्स’ प्रदर्शन गर्दै सुरू गरिने उक्त महोत्सवमा एउटा नेपाली र युरोपियन गरी दुई चलचित्र प्रदर्शन गरिने छन् । महोत्सव अवधिभर नौ युरोपियन र ११ नेपाली लघु चलचित्र प्रदर्शित हुनेछन् ।

महोत्सवमा युरोपियन चलचित्रतर्फ मार्टिन म्याकडोनागले निर्देशन गर्नुभएको ‘द ब्यानशीस अफ इनीशेरीन’, मेरियन ब्लिचरले निर्देशन गर्नुभएको ‘मिस भिर्बोग’, इम्यानुएल प्रभुले निर्देशन गर्नुभएको ‘मिकादो’, पिलर पालोमेरोले निर्देशन गर्नुभएको ‘स्कुल गर्ल्स्, एन्टोनियो लुकीचले निर्देशन गर्नुभएको ‘लक्जेम्बर्ग लक्जेम्बर्ग’, इभान ओस्ट्रोचोभ्स्कीले निर्देशन गर्नुभएको ‘सरभेन्टस’, भिक्टर बोजिनोभलले निर्देशन गर्नुभएको ‘द नेकेड ट्रुथ अवाउट झिगुली ब्याण्ड’, जाइदा बरग्रोथले निर्देशन गर्नुभएको ‘टोभ’ र रोड्रिगो सोरोगोएनले निर्देशन गर्नुभएको ‘द बीस्ट’ प्रदर्शन गरिने छन् ।

महोत्सवमा नेपाली चलचित्रतर्फ शान्ता नेपालीले निर्देशन गर्नुभएको ‘डाय ड्रिम्स’, गोपाल आचार्यले निर्देशन गर्नुभएको ‘डिभिनेसन’ (आखत), समाल बज्राचार्यले निर्देशन गर्नुभएको ‘हावाम्यान’, निमा गेलु शेर्पाले निर्देशन गर्नुभएको ‘काठमाडौँ मनसुन’, अतिन श्रेष्ठले निर्देशन गर्नुभएको ‘मखमली उडान’, रजिन महर्जनले निर्देशन गर्नुभएको ‘लेट्स टक् पिरियड’, मिराज रोशन ठकुरीले निर्देशन गर्नुभएको ‘रातो पछ्यौरी’, आकाङ्क्षा कार्कीले निर्देशन गर्नुभएको ‘सनाई’, स्वोयन मास्के मानन्धरले निर्देशन गर्नुभएको ‘द बुल, द काउ, द काल्फ’, सन्तोष दाहालले निर्देशन गर्नुभएको ‘द मिराज’ र अनिल कुर्मीले निर्देशन गर्नुभएको ‘रिल’ प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

काठमाडौँपश्चात् यही चैत २८ र २९ गते सुदूरपश्चिम प्रदेशमा सुदूरपश्चिम विश्वविद्यालयको हल, २०८१ वैशाख ३ गते लुम्बिनी प्रदेशको नेपालगञ्ज तथा वैशाख ७ र ८ गते कर्णाली प्रदेशको सुर्खेत, वीरेन्द्रनगरमा पनि चलचित्र देखाइने महोत्सव आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल