यही माघ १८ गतेदेखि फाल्गुन १८ गतेसम्म चाबहिलमा बृहत जुत्ता चप्पल मेला प्रदर्शनी भइरहेको छ । चाबहिल पासाङ ल्हामु शेर्पाको सालिक नजिकै जुत्ता चप्पल मेला सुरु भइरहेको मेला सञ्चालक समितिका मुख्य संयोजक दिवाकर गिरीले बताउनुभयो।
उहाँले बढ्दो व्यापार घाटालाई नियन्त्रण गर्न ,स्वदेशमै रोजगारको सिर्जना गर्न, स्वदेशी उत्पादित सामान प्रयोगमा जोड दिन , स्वदेशी उत्पादित सामानलाई विदेशी बजारसम्म पुर्याउन र नेपालको अर्थतन्त्रलाई थप बलियो बनाउन पनि यो जुत्ता चप्पल मेला कोशेढुंगा साबित हुने बताउनुभयो।
मेलामा उपभोक्ताको आवश्यकता अनुरुप नेपालमै बनेको नेपाली ब्रान्डका लेडिज तथा जेन्ट्सका ५० वटा ब्रान्डकाे जुत्ता चप्पल रहेको छ। उपभोक्ताको हितलाई मध्येनजर गरेर र उपभोक्ताकाे क्रय क्षमता बढाउनको लागि होलसेलर रिसेलर र रिटेलरको कमिसनलाई समेत उत्पादित सामग्रीमा नजोडी सिधै उपभोक्ता माझ मेलामा आएको हुँदा अन्य समयमा उपभोक्ताले सोही सामान किन्ने मूल्यभन्दा सस्तो मूल्यमा उपभोक्ताले पाउने पनि उहाँले बताउनुभयो ।
१५० देखि १२ हजारसम्मका मूल्य पर्ने गुणस्तरयुक्त जुत्ता चप्पल मेलामा उपभोक्ताहरूले एकपटक प्रयोग गरेपछि, सामानको गुणस्तर र मूल्यको विशेषताले पछि पनि यस्तो किसिमको मेलाको खोजी गरिरहने उहाँले बताउनुभयो। मेला सञ्चालन भएदेखि हालसम्म साढे ४ लाखको हाराहारी मा उपभोक्ताहरूले मेला अवलोकन गरिसक्नुभएको पनि उहाँले बताउनुभयो
मेलामा १४ वटा स्वदेशी जुत्ता चप्पल उत्पादक कम्पनी सहभागी रहेका छन्। यही जुत्ता चप्पल आयोजक समितिले वीरगञ्ज फुडवेर एक्सपो फागुन २ गतेदेखि वीरगञ्जको घण्टाघर नजिकै एक महिना सम्म चलिरहने उहाँले (Alliance Khabar Nepal) अलायन्स खबर नेपालका पत्रकारलाई बताउनुभयो।