alliance khabar

बुधबार, माघ ०७, २०८२

काठमाडौँ, माघ ७ गते ।

सर्वोच्च अदालतले आसन्न प्रतिनिधि सभा निर्वाचनको निर्वाचन प्रक्रिया रोक्न अस्वीकार गरेको छ । नेपाली कांग्रेसको विवादको टुङ्गो नलाग्दासम्म मनोनयन प्रक्रिया रोक्नसमेत गरिएको माग अदालतले अस्वीकार गरेको हो । अदालतको आदेशसँगै फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया कार्यतालिका अनुसार नै अघि बढ्ने भएको छ ।

न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले विवादमा विपक्षीसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश अस्वीकार गरेको हो । अदालतले निवेदनमा उठाइएका संवैधानिक र कानुनी विषयवस्तु अन्तिम सुनुवाइकै क्रममा निरूपण आवश्यक रहेको भन्दै अन्तरिम आदेश अस्वीकार गरेको हो ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाबमोजिम निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएपछि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासमेतका तर्फबाट सर्वाेच्चमा रिट दर्ता भएको थियो । आयोगको निर्णय बदर गर्न, उम्मेदवारी मनोनयनको प्रक्रिया स्थगनलगायतका माग रिटमा गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल