alliance khabar

मंगलबार, माघ ०६, २०८२

हुम्ला, माघ ६ गत ।

नेपाली कांग्रेसले निर्वाचन क्षेत्र १ भएको हुम्ला जिल्लाका लागि जयपति रोकाया र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का लागि टासी लाङजोम उम्मेदवार छनोट हुनुभएको छ । दुवै पार्टीहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हुम्लाबाट उहाँहरुलाई उम्मेदवार चयन गरेका हो ।

कांग्रेस जिल्ला कार्य समिति हुम्लाबाट तीन जनाको नाम सिफारिस भएकोमा अन्तिममा केन्द्रले रोकायालाई चयन गरेको कांग्रेस हुम्लामा उपसभापति बसन्त रोकायाले बताउनुभयो । पहिलो पटक उहाँ निर्वाचनका लागि छनोट हुनुभएको हो ।

काठमाडौँमा रहनु भएका रोकाया मङ्गलबार बिहान मात्र हुम्ला आइपुग्नु भएको छ । २०४९ सालबाट नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गर्नुभएका रोकाया हाल कांग्रेस कर्णाली प्रदेश कार्य समितिको सदस्य हुनुहुन्छ । २०७४ र २०७९ सालको प्रतिनिधि सभा सदस्यका लागि जिल्लाबाट समानुपातिकमा उहाँ सिफारिस भए पनि अन्तमा सदस्य चयनमा सफल हुन सक्नुभएको थिएन । नेपाल विद्यार्थी संघ हुम्लाको अध्यक्ष, नेपाल तरुण दलको अध्यक्ष हुँदै कांग्रेस हुम्लाको दुई कार्यकाल सभापति समेत भइसक्नु भएको छ । यस पटक उहाँसहित कांग्रेस हुम्लाले कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही र संविधान सभा सदस्य रीता शाहीको नाम सिफारिस गरेको थियो ।

त्यसैगरी, हुम्ला जिल्लाबाट रास्वपाका चार जनाले आवेदन दिएको भए पनि आवेदन नै नभरेकी टासी लाङ्जोम उम्मेदवार चयन हुनुभएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ र प्रदेश सभा निर्वाचन क्षेत्र २ क्षेत्र रहेको छ । उम्मेदवारी दिनेमा महेन्द्र पाण्डे, लक्ष्मण ऐडी, दत्त बुढा र भरत बहादुर सुनार रहनुभएको थियो । यसअघि रास्वपाले बन्द सूचीमा नाम समावेश गरिएका लाङ्जोमको अन्तमा उक्त पार्टीले हटाएको थियो । रास्वपाले अन्तमा उहाँ नाममा टिक प्रदान गरेको छ । उहाँ पनि नयाँ अनुहार हुनुहुन्छ ।

हुम्ला जिल्लाको इतिहासमा दोस्रो महिला प्रत्यक्षमा उम्मेदवार रहनुभएको छ । यसअघि २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा राप्रपाले जयकला शाहीलाई प्रत्यक्षमा उम्मेदवार खडा गरेको थियो । यो समाचार तयार पारुन्जेलसम्म राप्रपाले भने आफ्नो उम्मेदवार चयन गरेको छैन । यसअघि नेकपा एमाले, नेकपा र प्रगतिशिल लोकतान्त्रीक पार्टीले आफ्ना उम्मेदवार चयन गरिसकेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल