alliance khabar

आइतबार, माघ ०४, २०८२

काठमाडौँ, माघ ४ गते । 

भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम ‘मतला’ सार्वजनिक गरिएको छ ।  रिदम रेकरडिङ्सको प्रस्तुति रहेको गजलमा जीवनप्रकाश प्रधान सङ्गीत रहेको छ । गजलकार राधा कर्णेलको तीन, रश्मि असफल र घनेन्द्र ओझाको दुई–दुई वटा गजलहरू समेटिएको गजलमा दार्जिलिङका तीन र नेपालका दुई गायक, गायिकाले स्वर दिनुभएको छ । गजलमा दार्जिलिङका रजनी ऋदम राई, इस्माइल दास र सृष्टि आचार्य प्रधान तथा नेपालका शिव परियार र निशा देशारले स्वर दिनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले ‘मतला’ ले नेपाली गजल सङ्गीतका क्षेत्रमा विशेष अर्थ र महत्त्व राख्ने बताउनुभयो । शब्द र सङ्गीतको उपयुक्त संयोजन अनि स्वरको सही छनोटले गजल उत्कृष्ट बन्ने भन्दै बरालले ’मतला’भित्रका गजलमा यी विशेषता रहेका धारणा व्यक्त गर्नुभयो ।

गजलमाथि समीक्षा गर्नुहुँदै सङ्गीतकार सन्तोष श्रेष्ठले ‘नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०–२०९०’ अभियानअन्तर्गत भारतबाट समेत नेपाली गजल आउनुले अब नेपाली गजल लेखनसँगै गायनले पनि व्यापकता पाएको बताउनुभयो । श्रेष्ठले गजल साङ्गीतिक हिसाबले सुन्दर र सशक्त भएको धारणा व्यक्त गर्नुभयो ।

अर्का समीक्षक गजलकार, गीतकार एवं सङ्गीतकार करुण थापाले गजलले सङ्गीतको श्वास पाएपछि मात्र जीवन्त बन्ने धारणा राख्नुभयो ।

सङ्गीतकार प्रधानले गजलको शुभारम्भ शेर भएजस्तै यो एल्बम पनि आफ्नो गजल सङ्गीतको शुभारम्भ भएको बताउनुभयो । अनाममण्डलीले आयोजना गरेको कार्यक्रमलाई लभ एन्ड सपोर्ट फाउन्डेसन, नेपालले व्यवस्थापनमा सहयोग गरेको थियो । कार्यक्रमको सभापतित्व अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले गर्नुभएको थियो भने सहजीकरण ज्ञानु विद्रहीले गर्नुभएको थियो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल