alliance khabar

सोमबार, पुष २८, २०८२

काठमाडाैं, पुस २८ गते ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले संघीय संसद् सचिवालय, सिंहदरबारमा आगामी माघ ४ गते आइतबार बिहान ११ बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

मन्त्री खरेलका अनुसार बैठकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानस्वरूप दुई लाख ८३ हजार पाँच सय तीन अमेरिकी डलर भुक्तानी गर्न स्वीकृति दिएको छ ।

बैठकले भूकम्पबाट क्षतिग्रस्त म्यानमारको पुनर्निर्माणका लागि सहयोग गर्ने निर्णय पनि गरेको छ । त्यसअनुसार म्यानमारको महामुनीफैया बौद्ध पगोडाको अभिलेखालय तथा गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार बराबरको आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको मन्त्री खरेलले जानकारी दिनुभयो ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले वित्तीय क्षेत्र विकास रणनीति २०८२/८३ देखि २०८६/८७ सम्मका लागि स्वीकृत गर्ने निर्णय गरेको छ ।

मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने तथा गोरखापत्र संस्थाको अध्यक्ष पदमा भक्तपुर निवासी गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

मन्त्री खरेलले बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका यी निर्णयहरूले विधायिकाको नियमित सञ्चालन,अन्तर्राष्ट्रिय दायित्वको पालना, आपदापछिको अन्तर्राष्ट्रिय सहयोग तथा संस्थागत सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल