alliance khabar

मंगलबार, पुष १५, २०८२

ताप्लेजुङ, पुस १५ गते।

ताप्लेजुङमा गुरुङ समुदायले तमू ल्होसार भव्यरुपमा मनाएका छन्। गुरुङ समुदायले सम्वत् फेरिएको रुपमा नयाँ वर्षलाई स्वागत गर्दै मङ्गलबार ‘तमू ल्होसार’ मनाएका हुन्।

गुरुङ समुदायले ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने अर्थात नयाँ वर्षको रुपमा ‘तमू ल्होसार’ मनाएका छन्। सर्प वर्ग (सप्री ल्हो) को रुपमा पुरानो वर्षलाई बिदाइ गरी (त ल्हो) घोडा वर्गको आगमन भएको अवसरमा नयाँ वर्षलाई स्वागत गर्दै तमू ल्होसार मनाइएको गुरुङ समुदायका अगुवा बताउँछन्।

तमू ल्होसार पर्वमा सदरमुकाम फुङ्लिङमा सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको छ। र्‍यालीले बजार परिक्रम गरी गुरुङ गुम्बामा पुगेर शुभकामना आदान प्रदानसहितका कार्यक्रम आयोजना गरिएको छ। निङ्मा छ्योखोरलिङ बौद्ध गुम्बा व्यवस्थापन समितिको आयोजनामा सांस्कृतिक  र्‍याली र शुभकामना आदानप्रदानको कार्यक्रम गरिएको हो।

सांस्कृतिक र्‍यालीमा गुरुङ समुदायका नागरिक आफ्नो भेषभूषा लगाएर सहभागी भएका थिए। यता गुम्बा परिसरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयलगायत विभिन्न सङ्घ संस्थाका प्रतिनिधिबिच शुभकामना आदानप्रदान गरिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष देवराज गुरुङले बताउनुभयो।

समिति अध्यक्ष गुरुङका अनुसार तमू ल्होसारकै अवसरमा अन्तर क्लबस्तरीय पुरुष फुटबल प्रतियोगिता पनि सञ्चालन गरिएको छ। मौलिक संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले खेलकुदसहितका गतिविधि गरेर भव्यरुपमा ल्होसार मनाउँदै आएको तमू ल्होसार पर्व आयोजक समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल