alliance khabar

सोमबार, पुष १४, २०८२

लमजुङ, पुस १४ गते ।

लमजुङमा पछिल्ला वर्षमा  सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । लमजुङमा चालु वर्र्षको पाँच महिनामा १३६ जोडीले सम्बन्धविच्छेद गरेका छन् । अघिल्लो वर्र्ष सरेर आएको र चालु वर्र्षको मुद्दा गरी १३६ जनाले सम्बन्धविच्छेद गरेका लमजुङ अदालतका स्रेस्तेदार रामबन्धु गौतमले बताउनुभयो ।

चालु वर्षको साउनदेखि मङ्सिरसम्म १२४ मुद्दा दर्ता भएको र गत वर्र्षबाट सरेर आएकोसमेत गरी पाँच महिनामा १३६ जोडीको सम्बन्धविच्छेद भएको स्रस्तेदार गौतमले जानकारी दिनुभयो । जिल्ला अदालतमा अन्य मुद्दाभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा आउने गरको छ । गत आव २०८१/८२ मा ३१० जोडीले सम्बन्धविच्छेद गरेका थिए । गत वर्ष अदालतमा सम्बन्धविच्छेदका ३८४ मुद्दा रहेकोमा ३१० जोडीको मुद्दा फसैला भई सम्बन्धविच्छेद भएको थियो ।  आव २०८०/८१ मा ३८६ जोडीले सम्बन्धविच्छेद गरेका थिए । आव २०७९/८० मा ४०१ सम्बन्धविच्छेदका मुद्दा रहेकोमा ३२६ जोडीको सम्बन्धविच्छेद भएको अदालतले जनाएको छ ।

आव २०७८/७९ मा सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्या ३३२ रहेको थियो । हरेक वर्ष सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजगार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्धविच्छेद हुने गरेको नेपाल बार एकाइ लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।

पारिवारिक समस्या भएका कतिपय दम्पती अदालतमा गएर सम्बन्धविच्छेद गर्नुभन्दा पहिले प्रहरी कहाँ पनि पुग्ने गरेका छन् । सामान्य समस्यालाई मेलमिलाप गराएर फर्काउने गरेको र सम्बन्ध छुट्नै चाहनेलाई मात्र अदालत पठाउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेसम बोहोराले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल