alliance khabar

सोमबार, पुष १४, २०८२

ताप्लेजुङ, पुस १४ गते ।

ताप्लेजुङमा मतदाताको सङ्ख्या नब्बे हजार नाघेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा कुल ९० हजार ३२७ मतदाता हुने भएको हो ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरणअनुसार आउँदो निर्वाचनमा उक्त मतदाता सङ्ख्या कायम भएको हो । आगामी प्रतिनिधिसभा सदस्यका लागि कायम हुने कुल मतदाता सङ्ख्यामध्ये ४८ हजार २८५ पुरुष मतदाता र ४२ हजार ४२ जना महिला रहेका छन् ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा ताप्लेजुङमा ८८ हजार २८५ मतदाता रहेका थिए । गत २०७९ सालको निर्वाचनमा भन्दा यसपटक जिल्लामा दुई हजार ४२ बढी मतदाता थपिएका छन् ।

जिल्लाका नौ स्थानीय तहमध्ये थपिएका अर्थात आगामी निर्वाचनमा सबैभन्दा फुङ्लिङ नगरपालिकामा १८ हजार १९० मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज दुलाल (विपिन) ले जानकारी दिनुभयो । दुलालका अनुसार सबैभन्दा न्यून मिक्वाखोला गाउँपालिकामा छ हजार ९४८ जना मतदाता कायम भएका छन् ।

जिल्लाको सिरिजङ्घा गाउँपालिकामा ११ हजार ६६४, सिदिङ्वा गाउँपालिकामा आठ हजार ९१५ र पाथीभरा याङ्वरक गाउँपालिकामा नौ हजार ७४१ मतदाता रहेका छन् । त्यस्तै आठराई त्रिबेणी गाउँपालिकामा नौ हजार ५०१, फक्ताङ्लुङ गाउँपालिकामा नौ हजार ३००, मेरिङ्देन गाउँपालिकामा आठ हजार ६१२ र मैवाखोला गाउँपालिकामा सात हजार ४५६ मतदाता कायम भएका छन् ।

यता आउँदो निर्वाचनका लागि ताप्लेजुङमा समान पाँच/पाँच वटा मतदानस्थल र मतदान केन्द्र थप भएको छ । थप भएसँगै मतदानस्थल ८० र मतदान केन्द्रको सङ्ख्या १२८ पुगेको छ । यसअघि ७५ मतदानस्थल र मतदान केन्द्र १२३ रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल