सप्तरी, पुस १३ गते ।
सप्तरीको राजविराज नगरपालिकामा बढ्दो चिसो र शीतलहरबाट प्रभावित सर्वसाधारणलाई राहत पु¥याउने उद्देश्यले नेपाली सेना श्री बरख गणले दाउरा वितरण गरेको छ ।
श्री बरख गणबाट सेनानी भरत गिरीको कमाण्डमा १/१६ नफ्रि टोली खटिएर राजविराज नगरपालिका वडा नम्बर २, ५ र ७ का विभिन्न स्थानमा दाउरा वितरण गरिएको हो ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसर, छिन्नामस्ता अस्पताल परिसर, राजदेवी चोक, तेतरीगाछी चोक, बसपार्क चोक, दशन चोक लगायत बजार क्षेत्रहरूमा आगो बाल्न दाउरा वितरण गरिएका थियो ।
श्री बरख गणले जिल्ला वन डिभिजनको सहयोगमा करिब दुई सय जना स्थानीय नागरिकलाई आगो बाल्न दाउरा वितरण गरिएको जनाएको छ । चिसो मौसमका कारण वृद्ध, अशक्त, बिरामी तथा विपन्न वर्ग बढी प्रभावित भएको अवस्थामा नेपाली सेनाको श्री बरख गणले आगो बाल्न दाउरा वितरण गरेकोमा स्थानीयवासीहरूले खुशी व्यक्त गर्नुभएको छ ।
शान्ति सुरक्षासँगै विपद् तथा कठिन परिस्थितिमा जनताको जीवन रक्षा र सेवामा सदैव अग्रसर रहँदै आएको नेपाली सेनाको श्री बरख गणका सेनानी भरत गिरीले यस प्रकारको मानवीय कार्यले सेनाप्रति जनविश्वास अझ सुदृढ बनाएको बताउनुभयो ।

