alliance khabar

बिहिबार, पुष १०, २०८२

बबई (बर्दिया), पुस १० गते ।

 बाघ संरक्षणका लागि उर्वर भूमि मानिने बर्दियासहित बाँके र दाङमा बुधबारदेखि बाघ गणना सुरु गरिएको छ । पाँच वर्षअघि गरिएको गणनापछि पुनः बाघको यकिन सङ्ख्या पत्ता लगाउन राष्ट्रियस्तरको बाघ गणना अभियान थालिएको हो ।

२०७८ सालको गणना अनुसार बर्दियामा मात्र १२५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । यस पटकको गणनाबाट बाघको हालको सङ्ख्या, वितरण अवस्था तथा आहार प्रजातिको अवस्थाबारे यकिन जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । प्रकृति संरक्षण कोषका अनुसार तिनै जिल्लामा बाघ गणनाका लागि पाँच वटा ब्लक (क्याम्प) निर्धारण गरिएको छ । प्रत्येक ब्लकमा दुई/दुई किलोमिटरको बिट विभाजन गरी क्यामरा ट्र्यापिङ प्रविधिबाट बाघको गणना गरिने छ । प्रतिब्लक गणना गर्न २२ दिन लाग्ने र सम्पूर्ण अभियान सम्पन्न गर्न ८८ दिन लाग्ने जनाइएको छ ।

गणनाका लागि कुल ४५० वटा क्यामरा जडान गरिएको छ । प्रत्येक बिटमा दुई वटा क्यामरा राखी बाघको पहिचान तथा गतिविधि अभिलेख गरिने छ । साथै प्रत्येक ब्लकमा सात जनाको टोली खटाइने छ, जसमा एक जना टिम लिडर, दुई जना गेम स्काउट, एक जना सहयोगी तथा सेना, विद्यार्थी र संरक्षणकर्मी गरी सात सदस्य रहने छन् । प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्बाहाम्फेले बर्दिया, बाँके र दाङमा सञ्चालन हुने बाघ गणना अभियान ८८ दिनभित्र सम्पन्न हुने जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलका अनुसार बाघको यकिन सङ्ख्या पत्ता लगाउन प्रत्येक पाँच वर्षमा गरिने राष्ट्रिय बाघ गणना यस पटक बुधबारदेखि सुरु गरिएको हो ।

नेपाल सरकारले सन् २०१० (विसं २०६७) मा रसियाको सेन्ट पिटर्सबर्गमा सम्पन्न ‘टाइगर समिट’ मा बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धतामा हस्ताक्षर गरेको थियो । सोही प्रतिबद्धता अनुसार २०७८ सालमा गरिएको गणनामा बर्दियामा मात्र १२५ वटा बाघ पुगेको तथ्याङ्क सार्वजनिक भएको थियो । यस वर्षको गणनामा बाघको सङ्ख्या अझ बढ्ने अनुमान संरक्षणकर्मीले गरेका छन् । संरक्षणकर्मी हेमन्त आचार्यका अनुसार पाँच वर्षमा हुने बाघ गणना सुरु हुनु संरक्षण क्षेत्रमा संलग्न सबैका लागि उत्साहजनक विषय हो । बर्दियामा बाघको सङ्ख्या वृद्धि हुँदै जाँदा बाघ अवलोकनका लागि हरेक वर्ष हजारौँ विदेशी पर्यटक बर्दिया राष्ट्रिय निकुञ्ज पुग्ने गरेका छन्, जसले स्थानीय पर्यटन र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्दै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल