alliance khabar

बिहिबार, पुष १०, २०८२

दाङ, पुस १० गते ।

थारु समुदायको साझा संस्था थारु कल्याणकारिणी सभा (थाकस)ले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । थारु कल्याणकारिणी सभाको हालै बसेको केन्द्रीय कमिटी बैठकले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीका अनुसार केन्द्रीय सदस्यमा मनोनित हुनेहरूमा अधिवक्ता हल्लु प्रसाद चौधरी (दाङ–देउखुरी), फोनिराम चौधरी (कैलाली), सत्यनारायण चौधरी (रुपन्देही) र सुरेन्द्र चौधरी (सुनसरी) रहनुभएको छ ।

अधिवक्ता हल्लुप्रसाद चौधरीलाई पश्चिम नेपालका मटाँवा, बरघर र भलमन्साहरूको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यमा मनोनित गरिएको कोषाध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

यसैबिच, बैठकमा सहयोग गर्ने सम्पूर्ण केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, विदेश विभागका संस्थापकहरू, जिल्ला सभापतिहरू तथा विभागीय संयोजकहरूप्रति थारु कल्याणकारिणी सभाले हार्दिक आभार व्यक्त गरेको छ ।

वि.सं. २००५ सालमा स्थापना भएको थारु कल्याणकारिणी सभा थारु समुदायको उत्थानका साथै देशभरका थारुहरूलाई एकीकृत गर्दै समुदायका हकअधिकारका लागि निरन्तर आवाज उठाउँदै आएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल