alliance khabar

बुधबार, पुष ०२, २०८२

सुर्खेत, पुस २ गते ।

कर्णालीका किशोरी तथा महिलामाथि लगानी बढाउन सुझाव दिइएको छ । किशोरी तथा महिलामाथि विशेष गरी शिक्षा, स्वास्थ्य र आयआर्जनमा लगानी बढाउन सुझाव दिइएको हो । संयुक्त राष्ट्रसङ्घ, युनिसेफ, युरोपियन युनियनलगायतले मङ्गलबार सुर्खेतमा आयोजना गरेको ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजनाबारेको कार्यक्रममा विगतमा किशोरी तथा महिलामा लगानी कम भएकाले आगामी दिनमा यिनीहरूलाई सशक्त बनाउन लगानी बढाउनुपर्ने बताइएको छ । संयुक्त राष्ट्रसङ्घका सङ्गीता यादवले किशोरी तथा महिलामाथि लगानी बढाउने, सशक्त बनाउनका लागि कर्णालीका १० वटा पालिकामा ‘सशक्त महिला समृद्ध नेपाल’ परियोजना लागु गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार सो कार्यक्रम कर्णालीका पाँच जिल्लाका १० पालिकामा लागु छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र चौकुने गाउँपालिका, दैलेखको दुल्लु नगरपालिका, नारायण नगरपालिका, भैरवी गाउँपालिका र महाबु गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिका, डोल्पाको ठुली भेरी नगरपालिका र रुकुमपश्चिमको सानी भेरी गाउँपालिकामा सो परियोजना दुई वर्षअगाडिदेखि लागु छ ।

हालसम्म सो परियोजनाबाट कर्णालीका यी १० पालिकाका २२ हजार जनाले हानिकारक प्रथा रोकथामको सचेतना पाएको, १० पालिकामा स्याहार नक्साङ्कन तयार पारिएको, एक हजार तीन सय महिला तथा किशोरीले आर्थिक सशक्तीकरणको सिप, बिउ पुँजी प्राप्त गरेको, चार पालिकामा बाल सुरक्षा संयन्त्र गठन गरिएको जस्ता महìवपूर्ण उपलब्धि हासिल गरिएको जानकारी उहाँले दिनुभयो । महिला तथा किशोरी शिक्षा, स्वास्थ्यमा पछाडि परेकाले आगामी दिनमा लगानी बढाउन सके उनीहरू रूपान्तरण हुने र सशक्तीकरणमा टेवा पुग्ने उहाँको भनाइ छ ।

यसै गरी युनिसेफका उपमा मल्लले कर्णालीमा बालविवाह, हिंसाको घटनामा बढोत्तरी भइरहेको पाइएको बताउनुभयो । युरोपियन युनियनका शिव भण्डारीले किशोरी तथा महिलामाथि गरिएको लगानी दीर्घकालीन हुने भएकाले यसमा सबै पक्षले सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल