alliance khabar

बुधबार, पुष ०२, २०८२

कल्याणपुर (सप्तरी), पुस २ गते ।

 सप्तरीमा बैंकका कर्मचारीमाथि अपमानजनक व्यवहार, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसुरमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

ज्योति विकास बैंक लिमिटेडको क्लस्टर कार्यालय बर्दिवासबाट कर्जा असुली कार्यका लागि खटिएका कर्मचारी सुनित श्रेष्ठ र सविन कुमार श्रेष्ठमाथि कर्जा नतिरेको विषयलाई लिएर दुर्व्र्यवहार तथा कुटपिट भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सप्तकोशी नगरपालिका वडा नम्बर ७ घर भएका ५२ वर्षीय संजिव कुमार चौधरी र अग्नीसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर १ घर भएका ४७ वर्षीय उमाकान्त चौधरी रहनुभएको छ । प्रहरीका अनुसार शाखा कार्यालय रुपनीबाट कर्जा लिई समयमै भुक्तानी नगरेपछि बैंक कर्जा असुली प्रक्रियामा गएको थियो ।

सोही क्रममा गत मङ्सिर २४ गते दिउँसो करिब ३ बजेको समयमा कञ्चनपुर–फत्तेपुर सडक खण्ड स्थित बलारदह चौकमा बैंकका कर्मचारी सुनित र सविनलाई एक्कासी घेराहाली नियन्त्रणमा लिएर सप्तकोशी नगरपालिका ७ स्थित सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.को परिसरमा लगेका थिए ।

त्यहाँ उहाँहरु माथि विपक्षीहरुले कालोमोसो दली, जुत्ताको माला लगाई फोटो तथा भिडियो बनाइएको, कुटपिट गरिएको तथा सुनितले लगाएको दस आना सुनको औँठी र सुनको सिक्री समेत लुटिएको जिल्ला प्रहरी कार्यालय  सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

उहाँले घटनाबारे मङ्सिर २९ गते जाहेरी दरखास्त प्राप्त भएपछि दुवैजनालाई पक्राउ गरिएको बताउनुभयो ।

पक्राउ पर्नुभएका दुवैजना उपर अपमानजनक व्यवहार गर्न नहुने, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग कसुरमा सप्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई इलाका प्रहरी कार्यालय कञ्चनपुरले सप्तरीले अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल