alliance khabar

मंगलबार, पुष ०१, २०८२

महोत्तरी,  पुस १ गते ।

मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ ।

मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने किसान बताउँछन् । गहुँ छर्न भरपर्दो बीउ नपाएर हैरान हुनपर्ने किसानको बर्सेनिको पिरोलो बन्दै आएको छ । यस्तो बेला नगर कृषि शाखाले यहाँको माटो र हावापानीमा राम्रो फस्टाउने उन्नत जातको बीउ ५० प्रतिशत सहुलियतमा पाएपछि निकै राहत भएको मटिहानी–१ धिरापुरका किसान लालबाबु मण्डलले बताउनुभयो ।

नगरपालिकाले कृषि उत्पादन बढाउने र आधुनिक कृषि प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएअनुरुप पछिल्ला पाँच वर्षयता किसानलाई मुख्यबाली लगाउने बेला बीउ, मल र कृषि उपकरण किसानलाई प्रदान गर्दै आएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।

“हामीले किसानलाई गहुँमात्र नभएर धान, तरकारी र मखान लगाउने बेलामा पनि बीउ, मलखाद र कृषि उपकरण सहुलियतमा दिँदै आएका छौँ, यसले किसानको उत्पादन र आयआर्जनमा सघाउ पुर्याएको छ”, नगरप्रमुख मण्डल भन्नुहुन्छ ।

अहिले गहुँ बाली लगाउने ठिक समयका बेला वडावडामा किसानको माग सङ्कलन गरेर उन्नत जातको बीउ प्रबन्ध गरिएको नगर कृषि शाखाले जनाएको छ । “हामीले धमाधम बीउ दिइरहेका छौँ, यसपालि पाँच सय किसानलाई बीउ उपलब्ध गराउने लक्ष्य छ”, नगर कृषि शाखाका प्रमुख सन्ध्या साह भन्नुहुन्छ, “बीउ लिन दुई दिनदेखि नै किसानको लामो पङ्क्ति छ ।” बीउ वितरण पुसको पहिलो साताभरि जारी रहने नगर कृषि शाखाले जनाएको छ ।

मधेसमा ठिक समयमा भरपर्दो बीउ नपाएर किसानले समयमा बाली लगाउन पाएका हुँदैनन् । किसानको यो अवस्था बुझेर मटिहानी नगरपालिका नेतृत्वले सबै बाली लगाउने बेला बीउको सहुलियतपूर्ण प्रबन्ध गरेपछि निकै राहत मिलेको मटिहानी–८ का किसान शान्तिदेवी बताउनुहुन्छ । अब मुख्य कुरा बीउ पाइएपछि जग्गा जोतखन र अन्य तयारी निकै सजिलो हुने उहाँको भनाइ छ ।

खेतीपाती नै जीवनको मुख्य आधार रहेको मधेसका जिल्लाहरूमा स्थानीय सरकारले बीउ, मलखाद र कृषि ज्यावल तथा उपकरणमा सहयोग गर्नुपर्ने किसानको अपेक्षा हुन्छ । तर अधिकांश स्थानीय तह यसबारे बेखबर रहँदा किसानले सास्ती पाउँदै आएका छन् । बाली लगाउने बेला मटिहानीकै जस्तो समयमै भरपर्दो बीउ, मलखाद र कृषि ज्यावलको प्रबन्धमा सबै स्थानीय तहले पहलकदमी लिनुपर्ने जिल्लाका किसान बताउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल