alliance khabar

सोमबार, मंसिर २९, २०८२

वाशुलिङ (बैतडी), मङ्सिर २९ गते ।

 बैतडीको पाटन नगरपालिका वडा नं. ९ ले चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेटअन्तर्गत वडाभित्र स्थायी रूपमा बसोबास गर्ने १९४ जना ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ ।

वडा कार्यालय टकरेमा आयोजना गरिएको कार्यक्रममा ६० वर्षभन्दा माथिका एक सय ३७ जना ज्येष्ठ नागरिक र ५७ जना एकल महिलाई कम्बल वितरण गरिएको हो । जाडो मौसममा ज्येष्ठ  नागरिक र एकल महिलालाई राहत प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष कालू सिंह भाटले जानकारी दिनुभयो ।

कम्बल वितरण कार्यक्रमका लागि वडाले ३ लाख ५० हजार बजेट विनियोजन गरेको थियो भने सम्बन्धित लाभग्राहीहरूले नागरिकता प्रमाणका आधारमा कम्बल प्राप्त गरेका थिए ।

वडा कार्यालयका अनुसार नामावलीमा नाम छुटेका तर ६० वर्ष पूरा भइसकेका ज्येष्ठ नागरिकहरूलाई समेत पहिचान गरी समेट्ने प्रयास गरिएको थियो । स्थानीयवासीहरूले जाडोयाममा गरिएको यो सहयोग कार्यक्रमलाई सकारात्मक रूपमा लिएका छन् ।

वडा अध्यक्ष भाटको अध्यक्ष्यतामा आयोजना भएको कार्यक्रममा पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावल प्रमुख अथिती रहनुभको थियो । त्यस्तै, जिल्ला समन्वय समिति सदस्य प्रेम मायालु भाटलगायत सरोकारवालाहरुको उपस्थित रहेको थियो । चिसो मौसम सुरु भएसँगै ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई सम्मान स्वरुप न्यानो कम्बल वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल