alliance khabar

शुक्रबार, मंसिर २६, २०८२

सिन्धुपाल्चोक, मङ्सिर २६ गते ।

 बाढी पहिरो लगायतका विपद्जन्य घटनाबाट घरबास गुमाएका बाह्रबिसेका विपद्पीडितका नयाँ घर पुनर्निमार्ण भएको छ । विपद्जन्य घटनाले घरबास गुमाएका मध्य हाल ६० घरपरिवार लाभग्राहीको स्थायी आवास पुनर्निर्माण भएको उक्त नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

२०७७ सालमा सो नगरको वडा नं. ५ जम्बु ठाडो खोलामा भीषण बाढी पहिरो आएर घरबास बगाएका र २०७८ भदौ महिनामा सोही नगरको वडा नं.७ स्थित नागपुजे, टङसारमा घरबास गुमाएका पीडित मध्ये ६० घरपरिवारको नयाँ स्थायी आवास पुनर्निर्माण भएको मेयर बस्नेतले बताउनुभयो ।

विपद्जन्य घटनाबाट घरबास गुमाएका मध्ये ६० घरधुरीलाई मेयर बस्नेतले आज पुनर्निर्माण सम्पन्न भएको प्रमाणपत्र वितरण गरेका छन् । ४६ घरपरिवारलाई स्थायी आवास पुनर्निर्माणका लागि जग्गा खरिदसहित ८ लाख र १४ घरपरिवारलाई स्थायी आवास पुनर्निर्माणका लागि पाच लाख रुपियाँ उपलब्ध गराएपछि विपद् पीडितले नयाँ स्थायी आवास पुनर्निर्माण गरेको नगरप्रमुख बस्नेतले बताउनुभयो ।

बाह्रबिसे नगरपालिकाले २० प्रतिशत रकम र प्राविधिक सहयोग र बाँकी रकम सरकारले उपलब्ध गराएपछि विप्दजन्य घटनाबाट घरबास गुमाएका पीडितका नयाँ घर निर्माण भएको हो । ०७७ साल यतामात्रै बाह्रबिसे नगरपालिकामा मनसुनजन्य लगायतका विपदबाट ५१ जनाको मृत्यु र सयौं घरधुरी बगाएको तथ्याङ्क छ । प्रमुख बस्नेतले विपदमा परेका पालिकावासी कोहीलाई पनि घरबासविहीन हुनु नपर्ने बताउनुभयो । नगरपालिकाले नगरवासीको दुःखपीडामा मल्हमपट्टी लगाउदै आएको र नगरका कुनै पनि व्यक्ति घरधुरी घरबासबाट बञ्चित हुन नपर्ने उहाँले बताउदैं विपद्जन्य घटनाबाट घरबास गुमाएकाहरुको आवास नगरपालिकाले निर्माण गर्ने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल