alliance khabar

बिहिबार, मंसिर २५, २०८२

कञ्चनपुर, मङ्सिर २५ गते ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको एक महिनामा दुई लाख २७ हजार पर्या–पर्यटन शुल्क उठाएको छ । निकुञ्जले चालू आर्थिक वर्षमा असोज महिनादेखि सफारी खुला गरे पनि कात्तिक महिनामा आन्तरिक तथा बाह्य पर्यटकबाट दुई लाख २७ हजार १२९ रुपियाँ राजस्व सङ्कलन गरिएको जनाएको हो ।

निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले असोज महिनादेखि सफारी खुला गरिए पनि आतरिक तथा बाह्य पर्यटकहरू भने कात्तिक महिनायता घुम्ने आएका बताउनुभयो ।  कात्तिक महिनामा २५० महिला र ३४८ पुरुष गरी ५९८ जनाले निकुञ्ज क्षेत्रको अवलोकन गरेको उहाँले बताउनुभयो । उक्त महिनामा पर्या–पर्यटनबाट दुई लाख २७ हजार १२९ रुपियाँ राजस्व सङ्कलन गरिएको सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

यसैगरी, निकुञ्जको कार्यालयले गत आर्थिक वर्ष २०८१/०८२ मा निकुञ्ज घुम्न आएका तीन हजार ७२२ पर्यटकहरुबाट  १९ लाख ५३ हजार ७७० रुपियाँ राजस्व सङ्कलन गरिएको जनाएको हो । दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रसिद्ध रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्नका लागि विभिन्न मुलुकबाट पर्यटकहरू आउने गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी वाग्लेले गत आर्थिक वर्षको वैशाख महिनामा अत्यधिक पर्यटकहरूले निकुञ्ज क्षेत्रको अवलोकन गरेको बताउनुभयो । उहाँका उक्त महिना ३२४ महिला र ४७६ पुरुष गरी आठ सय पर्यटक निकुञ्जमा घुम्न आएका थिए । उनीहरूबाट तीन लाख रुपियाँ राजस्व सङ्कलन भएको निकुञ्जको कार्यालयले जनाएको छ ।

निकुञ्ज कार्यालयका अनुसार, गत आवको फागुन महिनामा २११ महिला र २४९ पुरुष पर्यटक शुक्लाफाँटा क्षेत्रमा अवलोकन गर्न आएका थिए । जसबाट दुई लाख २७ हजार ८१० रुपियाँ पर्यापर्यटन शुल्क उठेको निकुञ्जको कार्यालयले जनाएको छ ।

यसैगरी, गत आवको पुस महिनामा दुई सय ३२ महिला र चार पुरुष पर्यटक निकुञ्ज घुम्न आएका थिए । उनीहरूबाट एक लाख ५० हजार ७०९ रुपियाँ राजस्व सङ्कलन भएको थियो ।

निकुञ्ज कार्यालयका अनुसार, गत आवको कात्तिक महिनामा ३२६ पर्यटकले निकुञ्ज क्षेत्रको अवलोकन गरेका थिए । जसबापत निकुञ्जले एक लाख ६१ हजार ८१५ रुपियाँ राजस्व सङ्कलन भएको जनाएको हो । यसैगरी, मङ्सिरमा ३८९ पर्यटकबाट एक लाख ८७ हजार ६११, माघमा २७१ पर्यटकबाट एक लाख ६१ हजार १०२, चैतमा ५२० पर्यटकबाट तीन लाख ७९ हजार ७७०, गत आवको जेठमा ४२३ पर्यटकहरुबाट दुई लाख ८४ हजार २४८ र असारमा १११ पर्यटकबाट ९० हजार ७५२ रुपियाँ पर्या–पर्यटन रकम प्राप्त भएको निकुञ्ज कार्यालयका सूचना अधिकारी वाग्लेले बताउनुभयो ।

उहाँका अनुसार, गत आवमा सार्क मुलुक र विदेशबाट गरी एक हजार ६ सय महिला र दुई हजार पुरुषले निकुञ्ज क्षेत्रको अवलोकन गरेका थिए ।

निकुञ्ज कार्यालयले निकुञ्ज क्षेत्रमा घुम्न आउने पर्यटकहरूबाट शुल्क उठाउँदै आएको छ । कार्यालयका अनुसार, आन्तरिक पर्यटकबाट एक सय रुपियाँ, सार्क मुलुकका पर्यटकबाट आठ सय र बाह्य मुलुकबाट घुम्न आउने प्रति पर्यटकलाई १५ सय शुक्ल तोकिएको छ । यसका साथै निकुञ्जले पर्यटकहरुलाई घुमाउन प्रयोग गरिने सवारीवाफत पनि शुल्क उठाउँदै आएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका प्रख्यात मानिन्छ । ठुलो झुन्डमा एकै स्थानमा बाह्रसिङ्गा देख्न सकिने भएकाले पनि विभिन्न मुलुकबाट पर्यटकहरू अवलोकन गर्नका लागि यहाँ आउने गरेको निकुञ्जका प्रमुख चन्द्र शेखर चौधरीले बताउनुभयो ।

ुलुककै सबैभन्दा विशाल घाँसे मैदानसमेत रहेको बताउनुहुँदै उहाँले यहाँको जैविक विविधता संरक्षण गर्नु प्रमुख लक्ष्य रहेको बताउनुभयो । पर्यटकहरुलाई निकुञ्ज अवलोकनका क्रममा कुनै समस्या परे ठाउँठाउँमा राखिएको चेक प्वाइन्टबाट सहयोग उपलब्ध हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल