alliance khabar

बिहिबार, मंसिर २५, २०८२

सर्लाही, मङ्सिर २५ गते ।

 सर्लाहीमा नेपाली कांग्रेसले क्षेत्र नं. १ र २ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

क्षेत्र नं. १ मा क्षेत्रीय कार्य समिति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधि बसेर सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको क्षेत्रीय सभापति हरिबहादुर लुङ्गेलीले दाबी गर्नुभयो । उहाँका अनुसार क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ रामचन्द्र चौधरी हरिपुर ७, शम्भुलाल श्रेष्ठ लालबन्दी १३ र मन्दिरा आचार्य लालबन्दी १ को नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. १ मा प्रत्यक्षतर्फ चुनाव लड्न चन्दा चौधरी, दीपक अधिकारी, योगराज देवकोटालगायतले इच्छा व्यक्त गर्नुभएको थियो । यस्तै क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ सुशीला कार्की ईश्वरपुर ८ र इस्किलाल पासवान लालबन्दी २ को नाम सिफारिस गरिएको क्षेत्रीय सभापति लुङ्गेलीले बताउनुभयो ।

राष्ट्रिय सभामा सत्यदेव सिंह दनुवार चन्द्रनगर ७, महेन्द्र महतो ईश्वरपुर ११ र सीताराम दाहाल लालबन्दी ७ लगायतले दाबी गर्नुभएको छ । उता क्षेत्र नं. २ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ जयहरि श्रेष्ठ (राजु) मलङ्गवा ८, डा. सरोज कुमार कौडेना २ र धनमन्तरी यादव हरिपुर्वा ८ को नाम सिफारिस गरिएको क्षेत्रीय सभापति कौशलकिशोर रायले जानकारी दिनुभयो ।

क्षेत्र नं. २ मा प्रतिनिधि सभा समानुपातिकतर्फ लक्ष्मण राय मलङ्गवा ११ र अनिता देवी यादव हरिपुर्वा ५ को नाम सिफारिस गरिएको छ । राष्ट्रिय सभामा ब्रम्हनारायण चौधरी ईश्वरपुर १५ र सहरुल खातुन मलङ्गवाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, क्षेत्र नं. ४ मा यसअघि नै प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय महामन्त्री गगनकुमार थापा र प्रदेशसभा सदस्य रहनुभएका वीरेन्द्र प्रसाद सिंहको नाम सिफारिस भइसकेको छ । ४ नं. क्षेत्रबाट राष्ट्रिय सभामा पूर्व जिल्ला सभापति नागेन्द्र कुमारको एकल नाम सिफारिस भइसकेको छ ।

क्षेत्र नं. ३ मा भने उम्मेदवार सिफारिस गर्ने विषयमा क्षेत्रीय भेला हुन बाँकी नै रहेको छ । जिल्ला सचिव एवम् क्षेत्र नं. ३ का नेता निरज कार्कीले उम्मेदवार सिफारिसका लागि क्षेत्र नं. ३ को बैठक भोली शुक्रबार बोलाइएको जानकारी दिनुभयो ।

यसरी चारवटै निर्वाचन क्षेत्रबाट क्षेत्रीय कार्य समितिहरुले गरेको सिफारिसको आधारमा जिल्ला कार्य समितिको बैठक बसेर प्रदेश तथा केन्द्रीय कार्य समितिमा नामावली पठाउने जिल्ला सचिव कार्कीले बताउनुभयो । जिल्ला कार्य समितिको बैठक भोली बस्ने तयारी गरिए पनि एक/दुई दिन ढिलो हुन सक्ने अवस्था रहेको कार्कीले बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल