alliance khabar

मंगलबार, मंसिर २३, २०८२

काठमाडौँ, मङ्सिर २३ गते।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज शिष्टाचार भेट गर्नुभएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा भएको भेटमा उहाँहरूबीच नेपाल र भारतबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य, वर्तमान अवस्था तथा नेपालको वर्तमान सरकारको प्राथमिकताका सम्बन्धमा छलफल भएको थियो।

मन्त्री खरेलले नेपालको वर्तमान परिस्थितिको बारेमा बताउनुको साथै सरकारले तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने तथा सुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखी काम गरिरहेको उल्लेख गर्नुभयो। साथै मन्त्री खरेलले उक्त भेटमा नेपाल र भारतबीचको सम्बन्ध, नेपालमा भारत सरकारका तर्फबाट सूचना प्रविधिको क्षेत्रमा प्राप्त सहयोगका लागि आभार व्यक्त गर्नुभएको मन्त्री खरेलको सचिवालयले जनाएको छ।

अतिरिक्त सचिव महावीरले नेपालमा भारत सरकारले निरन्तर सहयोग गर्दै आइरहेको तथा  भारत सरकार नेपालले तय गरेको प्राथमिकताका क्षेत्रमा सहयोग गर्न तत्पर रहेको जानकारी गराउनुभएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल