alliance khabar

आइतबार, मंसिर २१, २०८२

काठमाडौँ, मङ्सिर २१ गते।

 गृहमन्त्री ओमप्रकाश अर्यालले आज सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गर्नु भएको छ।उहाँले आज संसद् भवन परिसरभित्र ‘जेनजी सहिदका सालिक’ का लागि निर्माण गर्न आवश्यक ठाउँको अवलोकन पनि गर्नुभएको मन्त्री अर्यालको सचिवालयल जनाएको छ।

जेनजी सहिदका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धताबारे र त्यहाँको वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षणमा जानुभएको हो।

सरकारले गत भदौ ३० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी स्मारक पार्क’ बनाउने निर्णय गरेको थियो भने गत कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मारिएका ४२ जना जेनजी युवा र तीन प्रहरीलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो।

भवन निरीक्षण गर्दै गृहमन्त्री अर्यालले निर्माणाधीन भवनभित्र प्रतिनिधिसभा र राष्ट्रियसभाको मुख्य बैठक बस्ने ग्यालरी कक्षको प्रगति तथा प्राविधिक पक्षबारे समेत जानकारी लिनुभएको थियो।इन्जिनियरहरूसँग कुरा गर्दै उहाँले थपिएको समयभित्रै संसद् भवन निर्माण परियोजनाको काम सम्पन्न हुने वा नहुनेबारे चासोसमेत प्रकट गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल