alliance khabar

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौँ, मङ्सिर १९ गते । 

नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबारको खेलमा जनकपुरलाई चार विकटले हराएसँगै लुम्बिनी अन्तिम टिमको रुपमा प्लेअफ प्रवेश गरेको हो । यसअघि सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र विराटनगर किंग्स प्लेअफ प्रवेश गरिसकेका छन् ।

कीर्तिपुरस्थित मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १३२ रन बनाएको बनाएको थियो।  १३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले चार विकेटको महत्त्वपूर्ण जित निकालेको हो । १९ ओभर एक बल खेल्दै लुम्बिनीले ६ विकेटको क्षतिमा १३६ रन बनाएको हो ।

लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाउनुभयो । डार्सी सटले ३० रन बनाउँदा जेजे स्मितले २१ रन थप्नुभयो भने निरोशन डिकवेलाले १७ रन जोड्नुभयो। 

जनकपुरका लागि संगीत कुरेले तीन विकेट लिँदा मयन यादवले दुई विकेट हात पार्नुभयो ।

सुरुमा ब्याटिङ गरेको जनकपुरका लागि सङ्गीत कुरेले नटआउट सर्वाधिक ४५ रन बनाउनु भएको थियो भने मयन यादव २७ रन थप्नुभएको थियो । ओपनर आशिफ शेखले २० रन जोड्दा सञ्जय कृष्णमूर्तिले १४ रन बनाउनु भएको थियो ।

जनकपुरलाई सस्तैमा समेट्न लुम्बिनीका लागि रोहित पौडेल र शेर मल्लले समान दुई, दुई विकेट हात पार्दा रुबेन ट्रम्पपेलम्यान र जेजे स्मिथले एकएक विकेट हात पार्नु भयो ।

सात खेलबाट आठ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्ने अन्तिम टिम बनेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल