alliance khabar

बुधबार, मंसिर १७, २०८२

बुटवल, मङ्सिर १७ गते ।

लामो समयदेखि रोकिएको बुटवल कृषि उपज थोक बजारको सटर भाडामा लगाउने टेन्डर प्रक्रिया अब अघि बढ्ने भएको छ । सरकारी निर्देशन अनुसार ६८ वटा सटरको टेन्डर खुल्ने तयारी भएको हो ।

रुपन्देही जिल्ला अदालतले दिएको आदेश अटेर गर्दै आएको बुटवल कृषि उपज सञ्चालन समितिलाई अब कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागले पनि अविलम्ब टेन्डर खोल्न निर्देशन दिएको छ ।

विभागका वरिष्ठ कृषि अर्थ विज्ञ कलशराम चौधरीले मङ्सिर १५ गते समितिसमक्ष पत्र पठाउँदै अदालतको फैसला कार्यान्वयन गर्दै टेन्डर प्रक्रिया अगाडि बढाउन निर्देशन दिनुभएको हो ।

अघिल्लो वर्ष २०८१ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ सटर भाडामा लगाउने गरी बोलपत्र सूचना प्रकाशित गरेको थियो । सोही अनुसार २६७ वटा बोलपत्र दर्ता भएका थिए तर अहिलेसम्म टेन्डर खोलिएको छैन । विभागले बुटवल उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय रुपन्देही र लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी सङ्घलाई समेत पत्रमार्फत सचेत गराएको छ ।

पत्रमा उल्लेख छ, “अदालतले २०८२ कात्तिक २० गते गरेको अन्तिम फैसला अनुसार सटरको टेन्डर अविलम्ब खोल्नुपर्ने निर्देश दिइएको छ ।” विभागले सम्बन्धित निकायलाई अदालतको फैसला कार्यान्वयन गर्ने प्रक्रिया तत्काल अघि बढाउन भनेको छ ।

बुटवल कृषि उपज थोक बजार सञ्चालन समितिका अध्यक्ष घनश्याम भुसालले सुरुदेखि नै आफूहरू टेन्डर खोल्ने पक्षमा रहेको तर व्यवसायी आन्दोलन, अदालती प्रक्रिया र स्थानीय तहको कम चासोका कारण प्रक्रिया रोकिएको दाबी गर्नुभयो ।

बुटवल कृषि उपज तथा थोक बजार केन्द्र १५ वर्षअघि निर्माण भएको हो । यसमा कृषि मन्त्रालयले ६० प्रतिशत, बुटवल उपमहानगरपालिकाले २४ प्रतिशत र लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी सङ्घले १६ प्रतिशत लगानी गरेका छन् । बजारमा दैनिक दुई करोड रुपियाँभन्दा बढीको तरकारी र फलफूलको कारोबार हुने गर्छ ।

पुराना व्यवसायीले कहिले आन्दोलन, कहिले अदालतको प्रक्रिया प्रयोग गर्दै सटर बसाइ लम्बाउने काम गर्दै आएका थिए । अब अदालतको फैसला कार्यान्वयन भएपछि टेन्डर प्रक्रिया सुरु हुने विश्वास व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल