alliance khabar

मंगलबार, मंसिर १६, २०८२

काठमाडौँ, मङ्सिर १६ गते ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा अध्यक्ष नारायणप्रसाद दाहाल र निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीबिच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको कार्यकक्ष सिंहदरबारमा सोमबार दिउँसो द्विपक्षीय भेटवार्ता भएको हो । माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा सदस्य निर्वाचनका विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

भेटमा भण्डारीले राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले गर्नुपर्ने तयारी र भए गरेका कामकारबाहीको जानकारी दिनुभएको थियो । साथै उहाँले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका विषयमा पनि जानकारी गराउनुभएको थियो । अध्यक्ष दाहालले निर्वाचन आयोगको सक्रियता र पहलकदमीले निर्वाचनको वातावरण बनिरहेको भन्दै थप सक्रियता आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल फागुन २० गते सकिँदै छ । सरकारको सिफारिसमा मनोनीत एकसहित १९ जनाको कार्यकाल सकिन लागेको हो । जसमा नेकपा (एमाले) का आठ सदस्यको कार्यकाल एकै पटक सकिँदै छ । यस्तै नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित सात, नेकपा (एकीकृत समाजवादी) का एक, जनता समाजवादी पार्टी नेपालका एक, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका एक सदस्यको कार्यकाल पनि फागुन २० गते सकिने छ । रिक्तमध्ये १८ सदस्य निर्वाचनबाट र एक जना मनोनीतबाट पूर्ति हुने छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल