alliance khabar

शुक्रबार, कार्तिक २८, २०८२

पाँचथर, कात्तिक २८ गते ।

जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एकजना कैदी पाँचथरको मिक्लाजुङ गाउँपालिका केन्द्र रबि बजारबाट प्रहरीले पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मिक्लाजुङ–४ रबि बजार निवासी २६ वर्षीय बाबुराम आङदेम्बे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आङदेम्बेलाइ  मिक्लाजुङ गाउँपालिका–४ रबि बजार स्थित एउटा घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख अनिषकुमार कर्णले जाकारी दिनुभयो ।

प्रहरीकाअनुसार जवरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका आङदेम्बे २०८२ असोज २४ गते जेनजी आन्दोलनका क्रममा सुनसरीस्थित झुम्का कारागारबाट फरार भएका थिए ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरिक्षक दुर्गा राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले  पक्राउ गरी पाँचथर कारागार पठाएको छ ।

प्रहरीले यसअघि विभिन्न कारागारबाट भागेका ११ जनालाई पक्राउ गरेको थियो । आङदेम्वे पक्राउ परेसँगै अब यो संख्या १२ पुगेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल