alliance khabar

शुक्रबार, कार्तिक २८, २०८२

काठमाडौं, कात्तिक २८ गते ।

 नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर युवाको भेलाले पार्टीमा रूपान्तरण आवश्यक परेको निष्कर्ष निकाल्दै तत्काल विशेष महाधिवेशन आह्वान गर्न नेतृत्वलाई आग्रह गरेको छ।

काठमाडौँमा बिहीबार सम्पन्न भेलामा सहभागी युवा नेता तथा भ्रातृ–शुभेच्छुक संगठनका प्रतिनिधिहरूले मंसिरमै १५औँ महाधिवेशन सम्पन्न गर्न नसकेमा विशेष महाधिवेशनमार्फत पार्टीलाई रूपान्तरण गरी आगामी निर्वाचनतर्फ अघि बढ्नुपर्नेमा जोड दिए।

भेलाले केन्द्रीय कार्य समितिलाई विशेष महाधिवेशनसम्बन्धी निर्णय शीघ्र ल्याउन आग्रह गर्दै वर्तमान नेतृत्वमा परिवर्तन नगरी निर्वाचनमा गए कांग्रेसलाई थप क्षति पुग्ने चेतावनी दिएको छ।

वक्ता करुणा कटुवाल, पुनम लामा, सचिन तिमिल्सिना, मोती भण्डारीलगायतले पार्टीको पुनर्संरचनाका लागि विशेष महाधिवेशन अपरिहार्य रहेको धारणा राखे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल