alliance khabar

बुधबार, कार्तिक १९, २०८२

तनहुँ, कात्तिक १९ गते ।

तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुन भञ्याङमा भएको झैझगडामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार स्थानीय ७० वर्षीय खिमबहादुर गुरुङ र ५८ वर्षीय खुसीमान गुरुङबीच आइतबार साँझ झैझगडा भएको थियो ।

झगडाका क्रममा खिमबहादुरले चिरपट प्रहार गर्दा खुसीमानको टाउकोमा चोट लागि गम्भीर घाइते हुनु भएको थियो । घाइतेलाई उपचारका लागि तत्काल बन्दीपुर अस्पताल पुर्‍याइएकाे थियो। टाउको र दाहिने खुट्टामा चोट लागेको खुसीमानलाई प्राथमिक उपचारपछि थप उपचारका लागि राति करिब ८ः५५ बजे पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको थियो ।

तर मणिपालमा सिटी स्क्यान मेसिन बिग्रिएको कारण उहाँलाई फिस्टेल अस्पताल, पोखरा लगिएको र त्यहीँ उपचारको क्रममा राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतकको शव गण्डकी अस्पताल, पोखराको शवगृहमा राखिएको छ । यस घटनामा संलग्न खिमबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल