alliance khabar

सोमबार, कार्तिक १७, २०८२

जाजरकोट, कात्तिक १७ गते ।

एक सय ५४ जनाको ज्यान जाने गरेर २०८० कात्तिक १७ गते मध्ये राति गएको जाजरकोट भूकम्पको आज ठिक दुई वर्ष पूरा भएको छ । विडम्वना भूकम्प गएर घरवासविहीन भएका पीडितहरु हालसम्म टिनको छानामै बस्न बाध्य भएका छन् । जाजरकोटका सात वटा स्थानीय तहले अस्थायी आवासको लागि ४८ हजार पाँच सय १६ जना लाभग्राही कायम गरेका थिए ।

सरकारको प्राथमिकतामा नपरेको हुँदा पुनर्निर्माणको काममा अगाडि बढ्न नसकेको यहाँका भूकम्पपीडितहरुको गुनासो रहेको छ । भेरी नगरपालिका १ का वडाध्यक्ष दीपक राना हिउँदको जाडो, टिनको छानामुनीबाट चुहिने शित थापाले निर्थुक्क भिजेका कपडाहरु दैनिक निचोरेर प्रयोग गर्नुपर्ने अवस्था रहेको गुनासो पोख्नु हुन्छ ।

विद्यालय भवन, स्वास्थ्य संस्था, सरकारी कार्यालय भवनहरूको पुनर्निर्माण नहुँदा पठनपाठन, उपचार सेवा र सार्वजनिक सेवा प्रवाह प्रभावित भएको छ । जिल्ला प्रसाशन कार्यालय जाजरकोटका अनुसार दुई सय ८९ विद्यालय पूर्ण र पाँच सय ९८ विद्यालयमा आंशिक क्षति भएका थिए । त्यस्तै ९२ सरकारी कार्यालयमा पूर्ण क्षति र ६० सरकारी कार्यालयमा आंशिक क्षति भएको छ ।

सरकारी कार्यालय निर्माणका लागि जाजरकोट जिल्ला सदरमुकाम खलंगामा केन्द्रीय आयोजना कार्यान्वयन एकाइ स्थापना भएको छ । डीडीए गर्नका लागि प्राधिकरणले जिल्लामा सम्पर्क कार्यालय स्थापना गर्नुका साथै पुनर्निर्माणको प्रक्रिया छिटो थाल्नुपर्ने लगायतका मागहरु भूकम्पपीडितहरुले राख्न थालेका छन् ।

सरकारको ढिलासुस्ती र उदासीनताले भूकम्पपीडितको अवस्था दिनप्रति दिन कष्टकर बन्दै गइरहेको छ । चिसो थेग्न नसक्दा गत वर्ष जाजरकोट र रुकुमपश्चिममा त्रिपालमै ४३ जनाको ज्यान गएको थियो । सयौं बालबालिका, वृद्धवृद्धा, सुत्केरी, गर्भवती र दीर्घरोगी बिरामी परे । वर्षादका बेला टहरामा पहिरो खस्दा जाजरकोटमा सात र रुकुमपश्चिममा तीन जनाको ज्यान गुमाउनु परेको थियोे ।

टिनका अस्थायी आवासमा सकसपूर्ण दिन गुजारी रहेका पीडितहरू सरकार प्रति आक्रोशित बनेका छन् । नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत भूकम्पपीडितको समस्यालाई सरकारले महत्त्व नदिएको गुनासो गर्नुहुन्छ । नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहले समयमै पुनर्निर्माण को कार्य अगाडि नबढाउनु  नागरिकहरुको बाँच्ने अधिकारमा राज्यले बेवास्ता गरेको बताउनुभयो ।

त्यस्तै, भेरी नगरपालिका १ कोल्चौरका उदयराम कामी आफ्नो भत्केको घर पुनर्निर्माण हुनेमा विश्वस्त हुन सक्नु भएको छैन । एकै घरमा आफ्नो परिवारका  ६ जना सदस्य भूकम्पबाट गुमाउन पुगेका उदय पनि सकरकारले स्थायी आवास बनाइदिने प्रतिक्षामा आश मर्दै गइरहेको बताउनुहुन्छ । कारितास नेपाल र यार्सन जाजरकोटले निर्माण गरिदिएको अस्थायि आवासमै आफ्नो दैनिक गुजारा चलिरहेको उदय बताउनु हुन्छ ।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिलाई हेदा झनै यहाँका नागरिकहरुमा स्थायी आवास निर्माण हुनेमा चिन्ता र त्रास परेको छ । सरकारको ध्यान  तथा  प्राथमिकता नपाउने होकी भन्ने चिन्तामा यहाँका अधिकांश नागरिकहरुको रहेको छ ।

भूकम्पका कारण क्षतिग्रस्त भएका निजी आवासमध्ये विस्तृत क्षति आँकलनको कार्य भएता पनि सबै भूकम्पपीडितहरुको हुन सकेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही चैत मसान्तसम्ममा ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आँकलन गरिएको विवरण आफ्नो प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भूकम्पपीडितहरुको स्थायी आवास निर्माणका लागि पक्रीया अगाडि बढेको बताउनुहुन्छ । भूकम्प गएको लामो समयसम्म पनि स्थायी आवास नबन्न दुखद पक्ष रहेको तर हाल स्थायी आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट कामहरु भइरहेको प्रजिअ पौडेलको भनाइ छ ।  सवै पक्रिया पुगेर आएका ६ सय ४६ जना लाभग्राहीको स्थायी आवास निर्माणका लागि पहिलो किस्ता रकम माग गरी सकेको समेत प्रजिअ पौडेलको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल