alliance khabar

आइतबार, कार्तिक १६, २०८२

सुलीकोट, कात्तिक १६ गते ।

 मनास्लु क्षेत्र घुम्न गएका आन्तिरिक पर्यटक काठमाडौँको टोखा नगरपालिका –६ का ४४ वर्षीय मिनु ईन्द्र लम्सालको तीनपछि हेलिकोप्टारबाट उद्धार गरिएको छ ।

बिहीबार बिहान ११ बजे चुमनुब्री गाउँपालिका– ५ बिहिमा पैदल हिँडिरहेका बेला अचानक भीरबाट खसेको ढुङ्गाले लागेर लम्साल गम्भीर घाइते हुनुभएको थियो ।

लम्साललाई प्रतिकुल मौसमका कारण तीन दिनपछि शनिबार बेलुका ५ बजे हेलिकोप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

‘‘लम्सालको टाउकोमा गम्भीर चोट लागेको छ,’’ उहाँले भन्नुभयो, ‘‘मान्छे लाएर बोकेर ल्याउँदा झन् जोखिम हुन सक्ने भएकाले स्थानीय स्वास्थ्यकर्मीको हेरबिचारमा लम्साललाई मौसम सफा नभएसम्म स्थानीयको एक घरमा राखेर प्राथामिक उपचार गरिएको थियो ।’’

टाउकोमा गम्भीर चोटका कारण उपचारका लागि लम्साललाई हेलिकोप्टरबाट उपचारका लागि ग्राण्डी अस्पताल काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मनास्लु यात्रामा रहनुभएका लम्साल हिमपातपछि सामागाउँ फर्कने क्रममा भीरबाट खसेर घाइते हुनुभएको थियो । उक्त घटनस्थल इलाका प्रहरी कार्यालय लार्केबाट दक्षिण तर्फ पर्ने बुरनभीर ४ घण्टा पैदल दूरीमा रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल