alliance khabar

शुक्रबार, कार्तिक १४, २०८२

वालिङ (स्याङ्जा), कात्तिक १४ गते ।

स्याङ्जा मात्रै होइन यस आसपासका जिल्लामा सडक बालबालिका भेटिए वा अभिभावकविहीन बालबालिकालाई आश्रय दिनु परेमा सबैले सम्झने नाम हो ‘अमोर सेवा नेपाल’ । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ कटुँजेमा रहेको अमोर सेवा नेपाल अभिभावक बिहिन र सडक बालबालिकाको आश्रय स्थल बन्दै गएको छ ।

स्याङ्जा जिल्लालाई सडक बालबालिका मुक्त बनाउने अभियानको नेतृत्व गरेको अमोरले बालबालिकालाई आश्रयसँगै शिक्षा समेत दिँदै आएको छ ।

अमोर सेवा नेपालका अध्यक्ष तथा सञ्चालक कमला पराजुलीले बालबालिकाको संरक्षण र हेरबिचार गर्दै आउनुभएको हो । उहाँ भन्नुहुन्छ, “स्याङ्जा मात्रै होइन छिमेकी जिल्लाबाट पनि सहयोग गरिदिनु पर्यो भनेर फोन आउछ, समस्यामा परेका बालबालिकालाई सके जति सहयोेग गरेकी छु ।”

पाल्पाबाट दुई बालबालिका लिएर आउँदै गर्दा वालिङ बजारमा भेटिनुभएकी कमलाले थप्नुभयो, “कोही नभएकाहरुलाई त हो सबैले सहयोग गर्ने ।” विभिन्न दानदाताहरुको कारण आफूले काम गर्न सकेको उहाँको भनाइ छ ।

विक्रम सम्वत २०६८ देखि सञ्चालनमा आएको बालगृहमा ४३ जना बालबालिका बस्दै आएका छन् । ५० जना क्षमताको बालगृहमा विभिन्न कारणले साहाराविहीन हुुन पुुगेका बालबालिकाहरु आफ्नै घरपरिवार सरह बस्न पाएकोमा खुशी भएका छन् । बालबालिकाहरुले कमला पराजुलीलाई आमा भनेर सम्बोधन गर्ने गर्दछन् ।

पछिल्लो समय बालगृहमा बालबालिका थपिने क्रम निरन्तर बढिरहेको भन्दै अध्यक्ष पराजुलीले यसलाइ दीगो रुपमा व्यवस्थापन गर्न चुनौती रहेको बताउनुभयो ।

बालगृहमा स्याङ्जासहित पर्वत, गुल्मी, कास्की, कास्की, पाल्पा रुकुम र मुगुका अनाथ तथा सहाराविहीन बालबालिका बस्दै आएका बालगृहका व्यवस्थापक अशोक शर्मा मरासिनीले जानकारी दिनुभयो ।

दसैँतिहार जस्ता चाडवाडमा बालबालिकालाई घरमा बसे जस्तै परिवेश बनाइने गरेको छ । बालबालिकाहरु नियमित रुपमा योग, ध्यान लगायतका कक्षामा सहभागि हुने गरेका छन् । दिउँसो नियमित विद्यालय जाने बालबालिकालाई बिहान साँझ तथा बिदाका दिनमा नैतिक शिक्षा, धर्मसंस्कार र संस्कृति बारे प्रशिक्षण दिइँदै आएको पराजुलीले बताउनुभयो । विद्यार्थीहरुले उनीहरुकै परिवेश र इच्छा अनुसारका गतिविधिमा भाग लिन पाउने गर्दछन् । बालबालिकाको पालनपोषण खर्च विभिन्न दाताको सहयोगबाट हुँदै आएको बालगृहले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल