alliance khabar

शुक्रबार, कार्तिक १४, २०८२

इलाम, कात्र्तिक १४ गते ।

बिहीबारदेखि सुुरु भएको वर्षाका कारण मेची राजमार्ग पुनः अवरुद्ध भएको छ । गएको असोज १८ गते रातिको वर्षाका कारण मेची राजमार्गको राजदुवालीस्थित माइखोलामाथिको सडकमा पहिरो गएर अवरुद्ध भएको थियो ।

पहिरोमाथिनै सडक ट्याक बनाएर पुनः सडक सञ्चालन गरिए पनि वर्षाका कारण पुनः सडक अवरुद्ध भएको हो । मेची राजमार्गमा हिजो साँझ देखिनै जिल्ला प्रशासन कार्यालय इलामले यातायात बन्द गरेको थियो । यो सडकको विकल्पमा रहेको सिमल गोलाई तिल्केनी सडक पनि अहिले शुक्रबारदेखि बन्द गरिएको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो ।

वैकल्पिक सडक सिमलगोलाई सडकमा पनि ठाउँ–ठाउँमा पहिरो झरेको, सडक चर्किएको र तत्काल वर्षा भइरहेकाले यो सडक बन्द गरिएको प्रजिअ नेपालले बताउनुभयो ।

यता इलाम–झापा जोड्ने अर्को वैकल्पिक सडक केचना –कञ्चनजंघा सडक पनि अहिले बन्द रहेको छ । यो सडकबिचमा रहेको माइखोलाको बेलासे पक्की पुल असोज १८ को वर्षाले बिचमा भासिएको छ । यही सडकबिचमा पर्ने पुवा खोलाको बेलीब्रीज पनि असोज १८ को बाढीले बगाएको थियो ।

पूूर्वी पहाड ताप्लेजुङ, पाँचथर, इलामको लाइफलाईनका रुपमा रहेको मेची राजमार्ग बन्द भएपछि ताप्लेजुङसम्मका सर्वसाधारण समस्यामा पर्ने देखिएको । गएको असोज १८ को बाढी पहिरोपछिको विपदसँगै इलामलाई सरकारले तीन महिनाका लागि विपद सङ्कटग्रस्त जिल्ला घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल