alliance khabar

बुधबार, कार्तिक ०५, २०८२

काठमाडौँ, कात्तिक ४ गते।

काठमाडौँ क्षेत्र नम्बर ३ का पूर्व सांसद तथा अर्थ समितिका पूर्व सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा तिहार एवं देउसी-भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्षबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपालको मौलिक संस्कार, धर्म र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले चालिसेको प्रमुख आतिथ्यतामा धार्मिक सांस्कृतिक पत्रकार समाज, नेपालले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हाे ।

कार्यक्रममा आफ्ना भनाइहरू राख्ने क्रममा उहाँले ” विभिन्न तहमा सार्वजनिक पदमा रहदा आफूले धर्म , संस्कृति, रीतिरिवाज र परम्परा कहिले पनि नभुलेको र यसलाई जगेर्ना गर्ने किसिमका कार्यक्रमहरू अघि बढाएको बताउनुभयो ।”

उहाँले “धर्म अनुशासनको रसी हो। यसले समाजलाई सुरक्षित र सुव्यवस्थित तरिकाले डोर्याउनको लागि मद्दत पुर्‍याउँछ कार्यक्रममा बताउनुभयो।”

कार्यक्रममा ‘तिहार एवं देउसी भैलो संस्कृतिको शास्त्रीय तथा सांस्कृतिक पक्ष’ विषयक अन्तरक्रियामा विविध क्षेत्रका विज्ञ, संस्कृतिविद् , धर्मगुरु तथा समाजसेवीहरूले यसबारे आआफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रममा तिहार पर्वसँग सम्बन्धित देउसी र भैलो संस्कृतिको ऐतिहासिकता, शास्त्रीय मूल आधार, सामाजिक सन्देश तथा आधुनिक परिवेशमा यसको संरक्षण र सन्दर्भमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रमका प्रमुख वक्ता प्रा भवानीप्रसाद खतिवडाले देउसी र भैलोको उत्पत्ति, भाषिक व्युत्पत्ति, धार्मिक सन्दर्भ र जनश्रुतिमा आधारित कथाहरूको विश्लेषण गर्नुभयो । उहाँले ‘देउसी’ शब्द ‘देउशिरी’ बाट उत्पत्ति भएको उल्लेख गर्दै प्राचीन समयमा राजा बलिको कथासँग यसको गहिरो सम्बन्ध रहेको बताउनुभयो। तिहार पर्व प्रकृति, जीवजन्तु र मानव जीवनबीचको संवादको प्रतीकसमेत रहेको खतिवडाको भनाइ थियो ।

‘भैलो’ भन्ने शब्द ‘भवानी’ नामसँग सम्बन्धित भएको र विशेषगरी लक्ष्मी पूजापछिको साँझ गाउने परम्परा रहेको व्याख्या गरिएको थियो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाष चन्द्र जोशी, संस्कृतिविद् डा बिनुबाबा अर्याललगायतले तिहार पर्वले नेपाली समाजमा सहिष्णुता, आपसी सद्भाव र सामूहिकताको भावना अभिवृद्धि गर्ने धारणा राख्नुभएको थियो। उहाँहरूले यस पर्वलाई शुद्ध , सात्विक एवं समावेशी ढङ्गले मनाउने परम्परालाई बचाइराख्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका अधिकांश वक्ताले देउसी–भैलोको परम्परागत स्वरूपमा आएको विकृति र त्यसको समाधानतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष पूर्णप्रसाद मिश्रले गर्नुभएको थियो। शुभकामना मन्तव्य तथा संस्थाको विषयमा समाजका उपाध्यक्ष चित्रकुमार (सीके) चौलागाईंले राख्नुभएको थियो।

कार्यक्रममा बागमती सफाइ अभियन्ता गोविन्दप्रसाद काफ्ले, प्राडा ध्रुव भट्टराई, समाजसेवी विनोदप्रसाद मिश्र, बौद्ध धर्मगुरुहरू, विभिन्न क्षेत्रका सांस्कृतिक अभियन्ता, पत्रकार, धार्मिक सांस्कृतिक पत्रकार समाजका पदाधिकारी , सदस्यहरू तथा धार्मिक समुदायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

समाजका अध्यक्ष मिश्रले यस्ता अन्तक्रिया कार्यक्रमले नेपाली मौलिक संस्कृतिको पुनरावलोकन र संरक्षणमा सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल