alliance khabar

बुधबार, आश्विन २२, २०८२

काठमाडौँ, असोज २२ गते ।

सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकट लिएर मात्रै यात्रा गर्न यातायात व्यवसायी महासङ्घले अनुरोध गरेको छ । टिकटबिना र मनलाग्दी भाडा लिएको गुनासो बढेको भन्दै महासङ्घले मातहतका निकाय र व्यवसायीलाई टिकट लिएकालाई मात्र यात्रा गराउन निर्देशन दिएको हो ।

यात्रुले टिकट काट्दा भाडादरमा एक रूपता हुनुका साथै सुरक्षा र विपत्जोखिम न्यूनीकरणमासमेत सहयोग पुग्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । जेनजी आन्दोलनका सिलसिलामा प्रहरीबाट लुटिएका हातहतियार र आपराधिक प्रवृत्तिका फरार कैदीबन्दीका कारण सुरक्षामा चुनौती देखिएको र सवारीमै चोरी, लुटपाट हुन सक्ने अवस्था भएकाले पनि टिकट काटेरै यात्रा गर्न अनुरोध गरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो ।

महासङ्घले व्यवसायी र यात्रु दुवै पक्षलाई टिकट काटेर मात्र यात्रा गर्न गराउन आग्रह गरेको जानकारी दिँदै सिटौलाले भन्नुभयो, “टिकट अनिवार्य लिन अनुरोध गरिएको छ । चाडबाड, आन्दोलन र बाढीपहिरोका कारण सडक यातायात चुनौतीपूर्ण छ । यस्तो अवस्थामा बढी भाडा लिने र यात्रुलाई दुःख दिने काम भएको खण्डमा महासङ्घ आफैँले कारबाही गर्छ ।” यात्रु ठगिए वा समस्यामा परे तत्काल प्रहरीलाई पनि सम्पर्क गर्न महासङ्घले आग्रह गरेको छ ।

दसैँ मनाएर काठमाडौँ फर्किने क्रम सुरु भएको छ । सार्वजनिक बिदा र तीन दिनसम्मको बर्सातले रोकिएका सर्वसाधारण राजमार्ग खुलेपछि काठमाडौँ आउनेको सङ्ख्या क्रमशः वृद्धि भइरहेको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी पोस्ट नागढुङ्गाका अनुसार सामान्य दिनमा नागढुङ्गाबाट करिब आठ हजार यात्रु भित्रिन्छन् । सोमबारबाट यात्रु सङ्ख्या बढेर दैनिक १२ हजारमा पुगेको नागढुङ्गास्थित ट्राफिक प्रहरी पोस्टले जनाएको छ । दसैँअघि करिब सात लाख यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका थिए । काठमाडौँ भित्रिने यात्रुसँगै सवारी चाप पनि बढेकाले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि पनि महासङ्घले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल