alliance khabar

मंगलबार, आश्विन २१, २०८२

नेपालगन्ज, असोज २१ गते ।

जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३२ जनालाई पक्राउ गरिएको छ भने ४६ जना अझै फरार रहेका छन् ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दी सो बाल सुधारगृहबाट भागेका थिए । भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्तीमगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घाइते भएका दुवै जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले भागेकामध्ये ४६ जना बालबन्दी अहिलेसम्म सम्पर्कमा नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “भागेकामध्ये २९ जनालाई पक्राउ गरेर बाल सुधारगृहमा ल्याइसकिएको र तीन जना चितवनमा पक्राउ परेकाले ल्याउने क्रममा रहेको तथा अझै ४६ जना पक्राउ पर्न बाँकी रहेका छन् ।”

हालसम्म फरार रहेका ४६ जनाको खोजी कार्य भइरहेको जनाउँदै प्रमुख रानाले खोजीका लागि प्रहरीले नेपाल–भारत नाकादेखि पहाडी जिल्लामा समेत निगरानी बढाएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दसैँमा उनीहरू आफ्नो घरमा जान सक्ने सम्भावना रहेकाले फरार रहेकाको ठेगानामा समेत प्रहरीलाई परिचालन गरिएको जनाएको छ ।

नौबस्ता बाल सुधारगृहले फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधारगृह र कारागारमा फर्किनका लागि यही असोज २० गतेसम्मको समयसीमा दिइएको भए पनि सो समयसीमा पूरा भइसक्दासम्म फरार बालबन्दी नफर्किएको जनाएको छ ।

असोज २० गतेभित्र बाल सुधारगृहको सम्पर्कमा नआएपछि उनीहरूलाई कारागार ऐन अनुसार कारबाही हुने बताइएको छ ।

रवि लामिछाने नक्खु जेलबाट निस्केपछि आफूहरूलाई पनि छाड्नु प¥यो भन्दै बालबन्दीले आन्दोलन सुरु गरेको जनाउँदै बाल सुधारगृहका प्रमुख रानाले सोही राति ७८ जना भागेकोमा केहीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र भाग्ने क्रममा पाँच जनाको मृत्यु भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल