alliance khabar

शुक्रबार, आश्विन १७, २०८२

काठमाडौँ, असोज १७ गते। 

सरोकारवालाले सम्भावित विपद् व्यवस्थापनको आवश्यक तयारी थाल्न जोड दिएका छन्।

आज ‘भर्चुअल’ माध्यमबाट गरिएको विपद् संवादमा उनीहरूले सम्भावित विपद् व्यवस्थापनका लागि पूर्वतयारीमा जुट्न सम्बन्धित सरोकारवाला तयार रहनुपर्नेमा जोड दिएका हुन्।

यही असोज २० गतेसम्म कोशीदेखि लुम्बिनी प्रदेशसम्म मध्यमदेखि अति भारी वर्षाको पूर्वानुमान भएको र त्यसबाट उत्पन्न हुनसक्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा गैरसरकारी संस्थाहरूको भूमिका सम्बन्धमा विपद् संवाद गरिएको हो।

संवादमा गृहसचिव रामेश्वर दङ्गालले सम्भावित विपद् व्यवस्थापनका लागि राज्यका तर्फबाट गरिने पहलका लागि आवश्यक छलफल, निर्देशन एवं कतिपय राजमार्गहरूमा सवारी आवागनमासमेत गरिएको जानकारी दिनुभयो।

सचिव दङ्गालले राजनीतिक तरलता र अनिश्चयको अवस्थामा विपद्बाट हुनसक्ने जनधनको क्षति कम गर्न गैरसरकारी क्षेत्रको ठूलो भूमिका भएकाले विपद्का सन्दर्भमा आफ्नो भूमिका पहिचान गरेर योगदान गर्न आग्रह गर्नुभयो।

विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्थाका महासङ्घ तथा नेटवर्कका प्रमुख एवं पदाधिकारी एवं विज्ञहरूले आ–आफ्नो सङ्गठनका तर्फबाट गरिरएको पूर्वतयारी एवं उद्धार तथा राहत क्षमताका बारेमा जानकारी दिँदै मौसम र नदीको स्थितिअनुसार सङ्क्षिप्त एवं स्पष्ट सूचना प्रवाह गरिनुपर्नेलगायत सुझाव दिनुभयो।

विपद् संवादका अध्यक्ष एवं राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले सम्भावित विपद्लाई ध्यानमा राखेर हेलिकोप्टर, ड्रोन, डुङ्गासम्बन्धी सङ्घसंस्था तथा निजी क्षेत्रसँग समझदारी गरिएको जानकारी दिँदै विपद्को अवस्थामा उहाँहरूको सहयोग प्राप्त हुने बताउनुभयो।

कार्यकारी प्रमुख भट्टले पूर्वानुमानसम्बन्धी अद्यावधिक जानकारीलाई यथाशक्य छिटो र बुझिने गरी समुदायसम्म सम्प्रेषण गरिने प्रतिबद्धता व्यक्त गर्दै यसका लागि सबै नेटवर्कहरूलाई सक्रिय बनाउन गैरसरकारी क्षेत्रलाई आग्रह गर्नुभयो।

संवादमा जल तथा मौसम विज्ञान विभागका वरिष्ठ बाढीविद् विनोद पराजुली र मौसमविद् विनु महर्जनले असोज १८ गते कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको र असोज १९ गते कोशी, मधेस, बागमती र गण्डकीका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल