alliance khabar

शुक्रबार, आश्विन १७, २०८२

काठमाडौँ, असोज १७ गते ।

 प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले असोज १७ गतेदेखि २० गतेसम्म पाँच प्रदेशमा भारी वर्षा र बाढीको जोखिम उच्च हुने भन्दै सबैमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि सक्रिय भई कतिपय स्थानमा भारी वर्षा र अति भारी वर्षा हुन सक्ने देखिएको छ।

  • कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा असोज १७ देखि २० गतेसम्म भारी वर्षा र बाढीको उच्च जोखिम।
  • गर्भवती, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिलाई सुरक्षित स्थानमा सार्न विशेष आग्रह।
  • सुरक्षा निकाय र विपद व्यवस्थापन निकायलाई उद्धार र राहतमा उच्च सक्रियताका साथ तयारीमा रहन निर्देशन।

यस क्रममा नारायणी, बागमती, कमला र कोशी नदीसहितका सहायक नदीमा पानीको सतह बढ्न सक्ने र खतरा तह नजिक पुग्ने अनुमान गरिएको छ।

त्यस्तै, मधेश प्रदेशका महाभारत र चुरे हुँदै बग्ने स–साना नदीमा आकस्मिक बाढी र खहरे खोलाको जोखिम उच्च रहेको चेतावनी दिइएको छ। काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही, रौतहटलगायत जिल्लामा डुबान तथा आकस्मिक बहावको सम्भावना देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो।

सचिवालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा गम्भीर विरामीलाई सुरक्षित स्थानमा सार्न विशेष ध्यान दिन र आधिकारिक निकायले जारी गर्ने सूचनाको पालना गर्दै जोखिमयुक्त स्थानमा यात्रा नगर्न अनुरोध गरेको छ।

यस्तै, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश तथा जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय तह र अन्य सरोकारवाला निकायहरूलाई पूर्वतयारी, प्रतिकार्य, खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका कार्य प्रभावकारी रूपमा सम्पादन गर्न समेत निर्देशन गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल