alliance khabar

आइतबार, भाद्र ०८, २०८२

सप्तरी, भदौ ८ गते ।

सप्तरीको राजविराजमा अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारीको लागि बैठक, छलफल लगायतको कार्यक्रम अगाडी बढाइएको छ। आगामी असोज १७, १८ र १९ गते राजविराजमा यो महासम्मेलनको आयोजना गरिने भएको हो ।

नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देवले महासम्मेलनलाई सफल बनाउन शनिबार देव समुदायबाट राजनीतिक दलका नेता, संचारकर्मी, अधिवक्तासहित बौद्धिक पक्षसङ छलफल गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

उहाँले वागेश्वरी सेवा समितिको सभाहलमा आयोजित छलफल कार्यक्रमका वक्ताहरुले स्वजातीयको पहिचान, संस्कृति जगेर्नाको सवालमा यो महासम्मेलन महत्त्वपूर्ण हुने बताउनुभयो । अध्यक्ष देवले समुदायभित्रको विकृती, विसंगतिलाई हटाउन पनि महासम्मेलनमा बहस गर्न, जातीय उत्थानका विषयवस्तु सुझावको रपमा आएको बताउनुभयो ।

कार्यक्रममा राजनीतिक अगुवा जितेन्द्रनारायण देव, नेकपा एसका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी,समाजसेवी एवं नेपाली कांग्रेसका नेता ध्रुव देव, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देव, लगायतले महासम्मेलनबारे आ आफनो विचार व्यक्त गरेका थिए ।

वागेश्वरी सेवा समितिका अध्यक्ष इन्जिनियर इन्द्रनारायण देवको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । वागेश्वरी सेवा समिति, भवानी सेवा समिति, विराट देव सेवा समिति, देव सेवा समितिको आयोजनामा देव अन्तर्राष्ट्रिय महासम्मेलनको आयोजना हुने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल