alliance khabar

बिहिबार, भाद्र ०५, २०८२

दार्चुला, भदौ ५ गते ।

दार्चुलामा जिप दुर्घटनामा परी गर्भवतीको मृत्यु भएको छ, भने अन्य नौ जना यात्रु घाइते भएका छन् ।

बिहिबार बिहान जिल्लाको नौगाड गाउँपालिकाको होपरीबाट होपरीगाडतर्फ गइरहेको सुपप्र–०४–००१ ज ०१०३ नम्बरको जिप भैरवधारमा दुर्घटना हुँदा गम्भिर घाइते हुनुभएका नौगाड गाउँपालिका–३ की २५ वर्षीया पारवती टमटाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो।

दुर्घटनामा परी अन्य तीन जना गम्भिर घाइतेको पनि गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । अन्य गम्भिर घाइतेहरुमा नौगाड गाउँपालिका–४ का २६ वर्षीया मोहन ठगुन्ना, मार्मा गाउँपालिका–५ का १७ वर्षीया अप्सरा महता, र नौगाड गाउँपालिका–४ का ३५ वर्षीया उमेश ठगुन्ना रहेका छन् ।

सडकबाट करीव ७० मिटर तल खोलामा खसेको जिपमा सवार नौगाड गाउँपालिका–४ का ४० वर्षीया रम्भा महता, ३४ वर्षीया उमेशसिंह ठगुन्ना, १२ वर्षीया राम महत, श्याम महता, १४ वर्षीया कान्छी महत, ७२ वर्षीया गम्बा महता र अपिहिमाल गाउँपालिका–४ का १९ वर्षीया लक्ष्मी कार्की सामान्य घाइते हुनुभएको छ ।

गाडी चालक लाकेन्द्रसिंह ठगुन्नाले चलाएको गाडी चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको छ । गाडीमा ११ जना सवार रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल