alliance khabar

शनिबार, साउन ३१, २०८२

चन्द्रपुर (रौतहट), साउन ३१ गते। 

रौतहटको देवाही गोनाही नगरपालिका९ धरहरीस्थित कृष्ण मन्दिरमा कृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयलाई लिएर झडप हुँदा नगर प्रमुखसहित चार जना घाइते भएका छन्।

मेलाको उद्घाटन देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह कानुले गर्ने तय भए पनि नगर प्रमुख साहबाट उद्घाटन नगराउने भन्दै लागेका पक्ष र नगर प्रमुख पक्षबिच बिबाद हुँदा देवाही गोनाही नगरपालिकाका नगर प्रमुख कानुसँगै वडा नम्बर ९ धरहरी टोल बस्ने राम विकास साह, इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

घाइतेको गरुडा४ स्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको तथा घटनामा संलग्न भएको आरोपमा देवाही गोनाही ९ का राधामोहन साह, बिनोद साह र ऋतिक साहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कँडेलले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल