alliance khabar

मंगलबार, साउन २७, २०८२

काठमाडौं, साउन २७ गते ।

विशाल बजार कम्पनी लिमिटेडले ५६ वर्ष पार गरी ५७ वर्षमा प्रवेश गरेको अवसरमा मङ्गलबार मानव सेवा आश्रममा आश्रितका लागि खाद्यान्न वितरण गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्वलाई बहन गर्ने उद्देश्यले मानव सेवा आश्रम सामा खुसीमा विभिन्न खाद्यान्न सामग्रीहरू वितरण गरेको जानकारी दिएको छ ।

खाद्यान्न वितरणका लागि कम्पनीका प्रबन्ध सञ्चालक हिक्मतबहादुर भण्डारी, प्रशासन शाखाका प्रमुख निमानकर्मी देवेन्द्र वीर जोशी, राजकुमार केसी लगायतका कर्मचारीहरू सहभागी हुनुभयो ।

यसअघि कम्पनीले बजार क्षेत्र तथा बजार वरपरका क्षेत्रहरुमा सरसफाई गरेको थियो ।

सफाइ कार्यक्रममा महानगरीय प्रहरी जनसेवा ट्राफिक प्रहरी जनसेवा विशाल बजार व्यापार सङ्घ, लायन्स क्लब अफ काठमाडौँ, लियो क्लब अफ काठमाडौँ, कम्पनीका सम्पूर्ण कर्मचारी सुरक्षा गार्ड तथा पूर्व कर्मचारीहरू संलग्न भएको जानकारी कम्पनीले दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल