alliance khabar

सोमबार, साउन २६, २०८२

काठमाडौँ, साउन २६ गते।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले , पशुपन्छीलाई स्थानान्तरण गर्दा उनीहरूको अधिकार हनन नहुने गरी मानवीय व्यवहार गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रिय युवा समाज तथा सुन्दर परिकल्पना सक्षम समाजद्वारा आयोजित “श्री पशुपति मासिक ज्ञान महायज्ञ २०८२” तथा विभिन्न सडक पेटीमा बेवारिसे गौमाताको संरक्षण र गौशाला निर्माण सहयोगार्थ जारी धार्मिक अनुष्ठानको २६औँ दिनको कार्यक्रममा मन्त्री अधिकारीले पशुपन्छीलाई एक ठाउँबाट अर्को ठाउँमा सार्दा उनीहरूको बाँच्न पाउने अधिकार हनन नहुने गरी सुरक्षित तथा सहजपूर्ण मानवीय व्यवहार गर्नुपर्ने बताउनुभएको हो।

कार्यक्रममा उहाँले, गाईभैँसी लगायतका जनावरहरूलाई एक ठाउँबाट अर्को ठाउँमा , सवारी साधन या हिडाएर लैजाँदा गरिने अमानवीय व्यवहारबाट उनीहरूले पाएको पीडा र शास्तिप्रति चिन्ता व्यक्त गर्नुभयो।

मन्त्री अधिकारीले,गाई राष्ट्रिय जनावर जनावर हो। गाईको संरक्षण र सम्बर्धन गर्नु प्रत्येक नागरिकको कर्तव्य हो , कार्यक्रममा  बताउनुभयो।

उहाँले , हिन्दू परम्परा अनुसार जनैपूर्णिमामा नाडीमा बाँधिएको रक्षाबन्धनलाई लक्ष्मी पूजाका दिन गाईको पुछारमा बाँधेर सेलाउने संस्कार आज पनि आफूले नबिर्सेको स्मरण गर्नुभयो।

आचार्य पण्डित श्री नारायण खनालको वाचनमा भइरहेको शिव पुराण, श्रीमद्भागवत महापुराण, नेपाल महात्म्य कथा वाचन तथा एक लाख बेलपत्र अर्चना कार्यक्रमको आजका प्रमुख अतिथि मन्त्री अधिकारीले , आफू मन्त्री भएको वा अन्य जुनसुकै अवस्थामा पनि यस्ता सामाजिक कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका विशेष अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष तथा सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमिद बागचन्दले,आफू र आफू रहेको संस्था यस्ता सामाजिक कार्यका लागि सधैं सक्रिय रहने बताउनुभयो।

उहाँले पत्रकारिताको माध्यमबाट यस्ता सामाजिक अभियानलाई देशव्यापी सहयोग जुटाउनेतर्फ आफ्नो भूमिका रहने प्रतिवद्धता जनाउनुभयो।

महायज्ञ श्रावण १ गतेबाट सुरु भई श्रावण ३१ गतेसम्म रहने आयोजक:मूल समारोह समितिका , कार्यक्रम संयोजक नवराज भण्डारीले बताउनुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल